५० भन्दा बढीमा कोरोना पुष्टि भएपछि चीनको सिजियाचुवाङ सहरमा पूर्ण लकडाउन

२४ पौष, एजेन्सी । बुधबार ५० जनामा कोरोना पुष्टि भएपछि चीनले एउटा सहरमा पूर्ण लकडाउन गरेको छ । चीनले करिब १ करोड ३ लाख ९० हजार जनसंख्या रहेको सिजियाचुवाङ सहरमा पूर्ण लकडाउन गरेको हो ।

सहरका सबै विद्यालय बन्द गरिएका छन् भने त्यहाँका नागरिकलाई सहर छाड्न प्रतिबन्ध लगाइएको छ । सिजियाचुवाङमा जम्मा ८३ वटा सक्रिय केस रहेको चिनियाँ सञ्‍चार माध्यमले जनाएका छन् ।

सहरका सबै नागरिकको परीक्षण होस् भनेर ५ हजारभन्दा बढी परीक्षण केन्द्र तयार पारिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

५ महिनापछि चीनमा यो संख्यामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । चीनले पछिल्ला केही महिनादेखि कतै संक्रमण देखिए तत्काल लकडाउन गर्ने र सबैको परीक्षण गरिरहेको छ ।

सन् २०१९ को डिसेम्बर महिनामा हेबेईको राजधानी वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएको थियो । चिनियाँ नयाँ वर्ष सुरु हुनुभन्दा २ हप्ताअघि सरकारले सबैलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

नयाँ वर्षका अवसरमा धेरै मानिस घुम्न निस्कने र त्यसले संक्रमण फैलिन सक्ने भन्दै चिनियाँ स्वास्थ्य अधिकारीले सावधानी अपनाउन आग्रह गरेको हो । सिजियाचुवाङको गाओचेङ डिस्ट्रिक्टका नागरिकलाई भने आफ्नो स्थानीय क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ ।

पहिलो चरणको परीक्षण अन्तर्गत गाओचेङका ६ लाख ७३ हजार ७ सय ८७ जना नागरिकको परीक्षण भइसकेको छ । त्यस्तै बिहीबार दिउँसोसम्मको तथ्यांकअनुसार सिजियाचुवाङमा ६० लाखभन्दा बढीको नमुना संकलन गरिएको छ । त्यसमध्ये २४ लाखको परीक्षण भइसकेको र ११ जनामा कोरोना पोजिटिभ देखिएको पनि चाइना डेलीले जनाएको छ ।

चाइना डेलीका अनुसार पछिल्लो समय संक्रमणको केन्द्र बनेको गाओचेङमा लापरबाही गरेको भन्दै तीन जना अधिकारीलाई कारबाही गरिएको छ ।

जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार चीनमा अहिलेसम्म ९६ हजार ४ सय ८४ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै कोरोना संक्रमणका कारण चीनमा ४ हजार ७ सय ८८ जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top