खारेज भएका ऐनका आधारमा काम गर्दै श्रम मन्त्रालय

२४ पौष, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले खारेज भएको ऐनहरु र ऐनमा नभएको ब्यबस्था नियमावली राखी कामकारबाही गर्ने गरेको पाइएको छ ।

राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनमा नयाँ ऐन बन्ने तर नियमावली नबनाउने र पुरानै नियमावली अनुसार काम गर्ने गरेको पाइएको हो ।

श्रम अदालत कार्यविधि नियमावली २०५२ श्रम ऐन २०४८ को प्रयोग गरेर बनाइएको तर अहिले श्रम ऐन २०४८ खारेज भई श्रम ऐन २०७४ कार्यान्वयनमा आएको छ । तर श्रम अदालत कार्यविधि नियमावली बन्न नसक्दा पुरानै नियमावली कार्यान्वयनमा रहेकोले अधिकारको प्रत्यायोजन ऐन विपरित भएको पाइएको अध्ययनकर्ता अधिवक्ता हेममणि सुबेदीले बताए ।

Advertisement

पूरानो ऐनको अधिकार नयाँ ऐनले ग्रहण गर्ने भएपनि पूरानो नियमावली खारेज नहुँदा अधिकार प्रत्यायोजनमा समस्या भएको बताए । त्यसैले ऐन बनाउँदा नै नियमावली समेत बनाउन सुझाव दिए ।

यस्तै वैदेशिक राजगार नियमावली २०७४ ले इजाजतपत्रको निविकरण गर्दा पछिल्लो दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय जना कामदार वैदेशिक रोजगारीमा पठाएको प्रमाणित हुने कागजात दिनुपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था पनि ऐनमा नभएको सुबेदीले बताए । ऐनमा नभएको व्यवस्थालाई नियमावलीले थप गर्न नमिल्ने भएकोले ऐनले दिएको बढी अधिकार प्रयोग भएको बताए ।

यस्तै मन्त्रालय अन्तर्गत रहेको आपूर्तिकर्ता मार्फत श्रमिकलाई लगाउन सक्ने कामको सूचि सम्बन्धी आदेशले सानो तहका कर्मचारीहरुको शोषण गरेको बताए । माथिल्लो तहका कर्मचारीलाई स्थायी गर्नुपर्ने तर सानो तहका कर्मचारीलाई करारमा राख्नुपर्ने, थोरै तलब दिनुपर्ने, ६ महिनामा निकाल्नुपर्ने व्यवस्था रहेको र त्यो नमिल्दो भएको पनि बताए ।

कतिपय ऐनले नियम बनाउन भनेको तर नियमावली बनाइएको पाइएको छ । यस्तै ऐनमा राख्नुपर्ने कतिपय प्रावधानलाई नियमावली र निर्देशिकाहरुमा राखि अख्तियार प्रत्यायोजन गरेको पाइएको पनि सुबेदीले बताए ।

बैठकमा समिति सभापति रामनारायण विडारीले प्रत्यायोजित विधायनलाई सही ढंगबाट बनाउने र प्रयोग गर्ने हो भने मुलुकमा ५० प्रतिशत भ्रष्ट्राचार नियन्त्रण हुने बताए । ऐन नियमावली बनाउँदा नै अन्य आवश्यक कागजातहरु भनेर लेखिदा कुनैपनि कर्मचारीलाई अनुचित काम गर्न मन लागेमा नचाहिदो कागज माग्ने र ल्याउन नसकेको अवस्थामा भ्रष्ट्राचार गर्ने प्रवृति रहेको बताए ।

ऐन अनुसार नबनेका नियमावली र कार्यविधि अनुसार काम गर्दा अख्तियारले मुद्दा हाल्ने तर अदालतले सफाई दिने प्रवृति पनि रहेको सभापति विडारीले बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top