वामदेव गौतमले गरे एकता राष्ट्रिय अभियानको घोषणा

२४ पुस ७७, शनिबार

२५ पुस, विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्।

शनिबार एक वक्तव्य जारी गर्दै गौतमले पार्टी विभाजनलाई रोक्दै एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।

आफ्नो वक्तव्यमा उनले शीर्ष नेताहरुको कमजोरीका कारण पार्टी विभाजनको स्थितिमा आइपुगेकाले नेताहरुलाई एकताका पक्षमा खबरदारी गर्न र पार्टी एकताका पक्षमा उभिन दबाब दिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

उनले पार्टी विभाजनको अवस्थामा आइ पुग्नुका पछाडि दुवै अध्यक्षहरु (केपी शर्मा ओली र पुष्पकमल दाहाल) उत्तिकै जिम्मेबार रहेको बताएका छन्।

गौतमले छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु प्रचण्डको गल्ती रहेको आशय व्यक्त गरेका छन्। अविश्वासको प्रस्तावको सामना गर्न नसक्ने अवस्था भए राजीनामा दिनुको सट्टा प्रतिनिधिसभा नै भंग गर्ने प्रधानमन्त्रीको कदम झनै गलत रहेको गौतमले उल्लेख गरेका छन्।

कमी कमजोरीलाई सच्याएर फेरि एकताका लागि तयार हुन उनले दुई अध्यक्षसहित नेतृत्वमा रहेका नेताहरुलाई पनि आग्रह गरेका छन्। गौतमले एकताका पक्षमा पर्चा पम्प्लेट वितरण गर्न, स्वास्थ्य सावानी अपनाएर जुलुस प्रदर्शन गर्न कार्यकर्ताहरुलाई आव्हान गरेका छन्।

उनले भनेका छन्, ‘नेकपा एकता राष्ट्रिय अभियानमा संगठित रुपमा जुट्नुहोस्। तपाईँहरु जुन ठाउँमा हुनुहुन्छ त्यहीँ नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस् र विभाजनमा ढल्केका कमरेडहरुलाई सम्झाउनुहोस्।

कुनै पनि समूहका नेता कमरेडहरुको गालीगलौजको शैलीमा विरोध नगर्नुहोस्। घरमा आउने कमरेडहरुलाई आफूसक्दो सहयोग गर्नुहोस्। सबैलाई सम्मान गर्ने कसैलाई पनि अपमान नगर्ने समाजवादी शैली अपनाउनुहोस्।

कहिलेकाहीँ कोरोना महामारीबाट बच्न सामाजिक दूरी कायम गर्दै प्रत्येकले नाक र मुख ढाक्ने मास्क लगाएर नेकपा एकताको आह्वानमा जुलुस सञ्चालन गर्नुहोस्, एकताको सन्देश दिने पर्चा पोष्टर छापेर बाँड्नुहोस्।

यसो गर्नुभयो भने प्रिय कमरेडहरु हाम्रो प्यारो पार्टी र पार्टीका सबै आदरणीय नेताहरुलाई एकै ठाउँमा ल्याउन सकिनेछ र पार्टीलाई पुनः एकीकरण गर्न सकिनेछ।’

उनले अगाडि भनेका छन्, ‘ पार्टी विभाजनमा सामेल हुने र विभाजनलाई नेतृत्व गर्ने कुनै पनि नेतालाई यदि पुनस्एकीकरणको अवस्थामा सामेल हुनुभएन भने लोकतान्त्रिक मूल्यमान्यतामा आधारित समृद्ध समाजवाद निर्माणलाई समर्थन गर्ने नेपाली जनताले कहिल्यै माफी दिने छैनन्।’

गौतमले अहिले नेकपाको दुवै समूहमा रहेका नेता तथा कार्यकर्ताहरुलाई पनि लडाई बन्द गरी एकतावद्ध हुन आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘उपरोक्त दुवै समूहमा सामेल हुनुभएका कमरेडहरु, एक अर्कालाई दोष दिँदै, सामान्य मान मर्यादा उल्लघंन गर्दै आफ्ना ऐतिहासिक योगदानहरुलाई च्याँखे थापेर देश र विदेशका कम्युनिष्ट विरोधीहरुलाई हसाउँदै शुरु गर्नुभएको लडाई बन्द गनुहोस् र फर्कनुहोस्, पुनर्मिलन गर्नुहोस् र हजारौं शहीदहरुको रगतबाट विकसित भएको हाम्रो प्यारो पार्टीलाई मिलेर पुनर्गठन गरौं, ऐतिहासिक शिक्षा लिएर पार्टीलाई व्यवस्थित संचालन गरौं र पार्टीमा उत्पन्न भएका सबै अन्तरविरोधहरुलाई पार्टी पद्धति अनुरुप सम्मानजनक ढंगबाट हल गरौं।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top