२५ पुस, विराटनगर ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कंदैछन्।
पुस २० गते पत्नी सीताको उपचारका लागि नेपाल एयरलाइन्सको उडानबाट भारत गएका प्रचण्ड साँझ काठमाडौं फर्कने उनको सचिवालयले जनाएको छ। अस्वस्थ्य भएपछि भारत लैजानु केही दिनअघि सीतालाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।
स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सीतालाई पाँच दिन अगाडि भारतको मुम्बई लागिएको हो। उनको साथमा प्रचण्ड, छोरीहरु रेनु र गंगा दाहाल गएका थिए।
सीता पार्किन्सन जस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)बाट लामो समयदेखि पीडित छिन्। यसअघि पनि उनको भारत,अमेरिका, सिंगापुरलगायतका अस्पतालमा उपचार गरिएको थियो।