भारतमा बर्डफ्लु देखिएसँगै सीमा नाकामा उच्च सतर्कता

२५ पुस ७७, शनिबार

२५ पुस, वीरगञ्ज ।

Advertisement

छिमेकी मुलुक भारतमा विगत केही दिनयता बर्डफ्लु रोग देखिएपछि भारतसँग सीमा जोडिएको प्रदेश २ को आठवटै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ । नेपालमा बर्डफ्लु भित्रिन नदिन प्रदेश २ को आठवटै जिल्लाको दक्षिणी सीमासँग जोडिएको नाकामा सुरक्षा सतर्कता बढाएर सीमा नाकामा कडाइ गरिएको बताइएको छ ।

नेपाल–भारतबीच रहेको खुला सीमाका कारण नेपालमा पनि बर्डफ्लु भित्रिने सक्ने सम्भावनालाई दृष्टिगत गरी सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीलाई निगरानी बढाई थप कडाइ गर्ने भनेर परिपत्र गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी राजु अर्यालले बताए ।

Advertisement

प्रदेश नं २ को सप्तरीदेखि पर्सासम्म ४६४ किलोमिटर दक्षिणी सीमा क्षेत्र भारतसँग जोडिएको छ र उक्त सीमा नाकामा ६७ वटा बिओपी र ३५ वटा एफओपी को पोष्ट रहेको छ । ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट पक्षीजन्य पदार्थको आयातमा कडाइका साथ रोक लगाउने भनी निर्देशनसमेत दिइएको सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले जनाएको छ ।

बर्डफ्लु रोग नेपालमा भित्रिन नदिन सीमा नाकामा कडाइ गरिएको, यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँग अनुरोध गरेको, नियमित सम्पर्क भइरहेको तथा सीमा क्षेत्रको आफैँ पनि नियमित गस्ती गर्ने गरेकाले भारतबाट कुनै पनि सामान नेपाल छिर्न नसकेको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बताए ।

Advertisement

यसैगरी पशु क्वारेन्टिन कार्यालय वीगरञ्जले पर्साले भारतसँग जोडिएका तराईका जिल्लामा सुरक्षा सतर्कता अपनाउन तथा कुखुरा तथा कुखुराजन्य पदार्थ भित्रिन नदिनका लागि विशेष अभियान चलाउनेबारे छलफल भएको प्रमुख वरिष्ठ पशु चिकित्सक डा हरेराम यादवले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top