प्रदेश सरकारद्वारा एक प्रतिशत ब्याजमा कर्जा प्रवाह गराउने व्यवस्था

२५ पुस ७७, आइतबार

१५ पुस, सुदुरपश्चिम ।

सुदूरपश्चिम प्रदेश सरकारले व्यावसायिक रूपमा कृषि तथा पशुपन्क्षीपालन व्यवसाय गर्न चाहने कृषकलाई एक प्रतिशत ब्याजमा कर्जा प्रवाह गराउने व्यवस्था गरेको छ । यसका लागि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि विकास बैंकमार्फत कृषकले लिने कर्जाको ब्याजमा अनुदान दिने व्यवस्था गरेको हो ।

कृषकले लिने कर्जाको ब्याज अनुदानमा उपलब्ध गराउने सम्बन्धमा मन्त्रालय र कृषि विकास बैंक सुदूरपश्चिम प्रदेश कार्यालयका बीच मुख्यमन्त्री त्रिलोचन भट्ट र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा शुक्रबार एक सम्झौता सम्मपन्न भएको छ ।

Advertisement

सो अवसरमा मुख्यमन्त्री भट्टले कार्यक्रम कार्यान्वयन गर्न थप बजेट उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालय र बैंकका प्रतिनिधि सम्मिलित अनुगमन समिति गठन गर्ने, कर्जा सहज रूपमा उपलब्ध गराउन सहजीकरण गर्ने, लगानी भएको कर्जा असुलीमा समस्या देखिएमा कर्जा असुली गर्न मन्त्रालयले बैंकलाई आवश्यक सहयोग गर्ने उल्लेख गरिएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले यो कार्यक्रममा प्रत्येक कृषक, कृषक समूह र उद्यमीलाई बढीमा ५० लाखसम्म कर्जा प्रवाह गर्न सकिने मापदण्ड बनाएको बताए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top