झापा र मोरङको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

२५ पुस ७७, आइतबार

२६ पौष, विराटनगर । एक नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका-३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किदा घाईते भएका मोटरसाईकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।

यसैगरी झापाकै शिवसताक्षी नगरपालिका-१ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका-११ का ३७ बर्षीय छबिरमन ढकालको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

Advertisement

यस्तै शनिवार दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका-८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिँदा घाईते भएकी बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top