सर्लाहीमा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र कांग्रेसका कार्यकर्ताबीच झडप

२६ पौष, सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।

आइतबार बिहान चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादवले स्थानीय लेथ मेसिन सञ्चालक ७० वर्षीय रामदिनेश साहलाई कुटपिट गरेपछि दोहोरो झडप भएको हो ।

झडपमा स्थानीय लेथ मेसिन सञ्चालक रामदिनेश साह, चक्रघट्टा गाउँपालिकाका कार्यालय सहयोगी ३५ वर्षीय दिनेश राय, नेकपा कार्यकर्ता स्थानीय रन्जित अधिकारी, जयप्रकाश यादव र नविन यादव घाइते छन् ।

घाइतेको जिल्ला अस्पताल मलङ्गवामा उपचार भइरहेको छ ।

कांग्रेस कार्यकर्ताहरूले गाउँपालिकाको ना १ झ १७०० नम्बरको जीप, ६ वटा मोटरसाइकल र कार्यालयमा समेत तोडफोड गरेको गाउँपालिकाले जनाएको छ ।

अहिले घटनास्थलमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेले बताए ।

चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव नेकपाका केन्द्रीय सदस्य तथा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवका छोरा हुन् ।

नेकपाका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि पटक-पटक आक्रमण गरेको कारण गाउँलेले उनीहहरूमाथि प्रतिकार गरेको नेपाली कांग्रेसका नेता कृष्णदेव यादवले बताए । नेकपा कार्यकर्ताको कुटाइबाट आफ्ना केही कार्यकर्ता घाइते भएको उनको भनाइ छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top