वीरगञ्जबाट बेपत्ता दुई बालक भारतको पटनामा फेला

२६ पुस ७७, आइतबार

२६ पुस, वीरगञ्ज ।

Advertisement

वीरगञ्जबाट बेपत्ता भएका दुई बालक आज अपरान्ह ३ बजे भारत विहारको पटनामा फेला सकुशल फेला परेका छन् ।

नेपाल प्रहरीको समन्वयमा भारतीय प्रहरीले उनीहरुलाई पटनामा फेला पारेको र हाल पटनास्थित जसनपुर पुलिस थानामा उद्धार गरी राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

Advertisement

वीरगञ्ज विर्ता निवासी यातायात व्यावसायी जगरनाथ कलबारका १३ वर्षीय छोरा निवेश गुप्ता कलबार र दिपेश शर्माका १३ वर्षीय छोरा प्रमिश शर्मा घरबाट शनिबार बिहान ११ बजे बैडमिन्टन खेल्न निस्किएकोमा त्यपछि दुबै बालक बेपत्ता भएका थिए ।

बालकहरुलाई पटनास्थित जसनपुर पुलिस थानामा राखिएको र बालकहरुको अवस्था सामान्य रहेको जसनपुर थाना पटनाका प्रहरी इन्चार्ज अनिल कुमार सिंहले जानकारी दिएको वडा प्रहरी कार्यालय विर्ता प्रहरी निरिक्षक पुरीले बताए ।

Advertisement

सकुशल भेटिएका बालकलाई लिन वीरगञ्जबाट अपरान्ह ४ बजे नेपाल प्रहरीसँगै बालकका अभिभावक र आवश्यक कागजात लिएर पटनातर्फ टोली गएको पुरीले बताए ।

बालकहरु किन र कसरी भारतको पटनामा भेटिए अनुसन्धानको विषय भएको र उनीहरुलाई नेपाल ल्याएपछि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक कुँवरले बताए।

बालकहरुको परिवार उनीहरुको अपहरण भएको हुनसक्ने आशंका गरिरहेको बेला भारतको पटनाबाट बालकहरु सकुशल फेला परेपछि चिन्तित अभिभावकहरु खुसी भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top