नेपाली सेनाको मुख्यालयमा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन

२६ पुस ७७, सोमबार

२७ पुस, काठमाडौं ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७७ को अवसरमा नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ ।

सोमबार भद्रकालीस्थित ज‌ङ्गीअड्डामा आयोजित विशेष समारोहमा नेपाली सेनाका प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् ।

केन्द्रमा पृथ्वीनारायण शाहकालीन इतिहास झल्काउने चित्रकलालगायतका महत्‍त्वपूर्ण जानकारी रहेको पनि सेनाले जनाएको छ । कार्यक्रममा प्रधानसेनापति थापाले पृथ्वीनारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेका थिए ।

पृथ्वी जयन्तीका अवसरमा सेनाले राष्ट्रव्यापी राष्ट्रिय कविता प्रतियोगिता २०७७ पनि आयोजना गरेको थियो । प्रतियोगितामा ३६९ कविता सहभागी भएकोमा उत्कृष्ट १० तथा छनौट भएका थप उत्कृष्ट ३० कविहरुसहित जम्मा ४० जना कविहरुले आइतबार उपत्यका पृतना मुख्यालयको अडिटोरियम हलमा कविता वाचन गरेका थिए ।

साथै त्यही दिन उत्कृष्ट ३० कविहरुलाई प्रमाण पत्र तथा पुरस्कार वितरण पनि गरिएको थियो । त्यस्तै उत्कृष्ट १० कविहरुलाई सोमबार नेपाली सेनाको जङ्गीअड्डास्थित सभामण्डप हलमा वाचन गरी प्रमाण पत्र तथा पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको पनि सेनाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top