×

NEPAL TIMES UPDATES

Playing
सुगौली सन्धि र कालीको मुहानःतथ्यले भन्छ नेपालको,भारत भन्छ ’हाम्रो’|| Nepal Times
Apr 26, 2026
Playing
इरानबाट अमेरिकालाई भारी क्षति, किन लुकाउन खोजिरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 26, 2026
Playing
‘ह्वाइट हाउस डिनर’मा गो ली हा न्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घा तक हतियार || Nepal Times
Apr 26, 2026
Playing
Top 15 Afternoon News || April-26-2026 || Nepal Times
Apr 26, 2026
Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026

अष्ट्रेलियामा विद्यार्थीले काम गर्न पाउने समय बढ्यो

२७ पुष २०७७

२७ पौष, अस्ट्रेलिया । अस्ट्रेलियाले कोरोना भाइरसका कारण भइरहेको जनशक्ति अभाव कम गर्न विद्यार्थीले काम गर्न पाउने समय बढाएको छ । अध्यागमन विभागका अनुसार यो प्रावधान अस्थायी रूपमा केही महत्तवपूर्ण क्षेत्रमा मात्र लागू हुनेछ ।

अस्ट्रेलियाली गृहमन्त्रालयले एक सूचना जारी गर्दै वर्तमान कठिन अवस्थामा स्वास्थ्य, कृषिलगायतका अत्यन्तै जरुरी सेवामा आवश्यक जनशक्ति पूरा गर्न यो निर्णय लिइएको जनाएको छ । सूचनामा मन्त्रालयले तत्कालका लागि दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने अधिकार बढाइएको बताएको छ । कानुनतः अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीले दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउँछन् । यदि सरकारले दिएको अधिकारभन्दा बढी काम गरेको पाइएमा भिसा रद्दसम्मको सजायको व्यवस्था छ ।

Advertisement
Advertisement

सरकारका अनुसार यहाँ रहेका नर्सिङ होम तथा स्वास्थ्य क्षेत्रमा केयरिङ, नर्सिङलगायत काम गर्नेहरूलाई यो अधिकार प्रदान गरिएको छ । यसैगरी, अशक्त तथा अपांग नागरिकको रेखदेख र हेरचाह गर्ने काम गरिरहेका विदेशी विद्यार्थीले समेत यो सुविधा पाएका हुन् । यद्यपि यसका लागि सरकारको आधिकारिक निकायमा दर्ता भएको संस्थामा कार्यरत रहेको भने हुनुपर्नेछ । स्वास्थ्यसँग सम्बन्धित विषय अध्ययन गरिरहेका र स्वास्थ्य अधिकारीको निर्देशनअनुसार कोभिड–१९ को नियन्त्रणका क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई पनि यो सुविधा प्राप्त हुनेछ । सरकारले कृषि क्षेत्रमा काम गरिरहेका विदेशी विद्यार्थीलाई समेत दुई साताको ४० घण्टाभन्दा बढी काम गर्न दिने निर्णय गरेको छ ।

विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेकाका अनुसार यसले विद्यार्थीलाई अहिलेको कठिन अवस्थामा आर्थिक रूपमा ठूलो राहत दिएको छ । यसले मुख्य गरेर नर्सिङ, अपांगता र कृषि क्षेत्रमा काम गरिरहेका विद्यार्थीलाई मात्र लक्षित गरेका कारण सबै विद्यार्थीले यसको लाभ लिन भने सक्ने छैनन् । आधा दशकदेखि सिड्नीमा रहेर विद्यार्थी परामर्शको काम गरिरहेका अर्जुन थपलिया सरकारको यो निर्णय कम्तीमा एक वर्षसम्म रहने अनुमान गर्छन् ।

सरकारको यो निर्णयले आफूहरूलाई ठूलो राहत दिएको विद्यार्थीहरूको भनाइ छ । दुई वर्षदेखि सिड्नीस्थित एक नर्सिङ होममा केयररका रूपमा कामसमेत गरिरहेकी नेपाली विद्यार्थी अञ्जु बस्नेत कठिन अवस्थामा यसले आर्थिक रूपमा ठूलो सहयोग गरेको बताउँछिन् ।

Advertisement

कोरोना भाइरसका कारण काम गुमाएका कारण हजारौं नेपालीसहित विदेशी विद्यार्थीलाई आर्थिक समस्या देखिएको छ । सरकारले यो प्रावधान कहिले समाप्त हुन्छ भन्नेबारेमा केही खुलस्त नपारे पनि क्रमिक रूपमा यसको समीक्षा गरेर निर्णय गरिने बताएको छ । त्यसका साथै कामसम्बन्धी परिवर्तित प्रावधानका लागि कुनै सरकारी निकायमा आवेदन दिन नपर्ने उल्लेख गरेको छ । कान्तिपुर दैनिकबाट साभार ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top