खराब मौसमले तराईका सबै उडान प्रभावित, विमानस्थलमा यात्रुको भिड

२७ पौष, काठमाडौं । खराब मौसमका कारण तराईका सबैजसो विमानस्थलमा हुने उडान प्रभावित भएको छ । हुस्सुका कारण विराटनगर, जनकपुर, सिमरा, भैरहवा र नेपालगञ्जका उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

Advertisement

काठमाडौंबाट बिहान हुने २० वटाभन्दा धेरै उडानमा ढिलाइ भएको विमानस्थलले जनाएको छ । उडान नभएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भिड रहेको छ । केहि उडान आजको लागि स्थगित नै भएका छन् ।

बुद्ध एअरले नेपालगञ्ज, सिमरा, भैरहवा र तुम्लिङटारका केही उडान स्थगित गरेको छ । यस्तै सौर्य एअरले भद्रपुर उडान स्थगित गरेको छ । यती एअरलाइन्सको सिमरा उडान पनि स्थगित भएको छ ।

Advertisement

अहिले कुहिरो खुल्दै गएकाले केही उडान हुन सक्ने विमानस्थलले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top