जसपाका नेता महतोलाई जनकपुरधाममा युवाहरुले देखाए कालो झण्डा

जसपाका नेता महतोलाई जनकपुरधाममा युवाहरुले देखाए कालो झण्डा

२७ पौष, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले कालो झण्डा देखाएका छन् ।

संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले सोमबार उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

जसपाले रेल्वे स्टेशनमा संसद विघटनविरुद्व आयोजना गरेको विरोध सभामा सहभागी हुन जाने क्रममा नेता महतोलाई केही युवाले स्थानीय भानु चोकमा कालो झण्डा देखाएका हुन् ।

चुनावभन्दा अघि शहीदको परिवारलाई रु ५० लाख दिने भनेपनि त्यो पूरा नगरेकाले कालो झण्डा देखाइएको युवाहरुले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.