मनिषा कोइरालाको आक्रोश : यो नेपालीको सरकार नै हो ?

२७ पुस, काठमाडौँ ।

Advertisement

सिंहदरबारको पश्चिमी गेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणको क्रममा भएको झडपको विषयलाई लिएर अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् । पृथ्वी जयन्तीका अवसरमा सोमबार अभिनेत्री कोइरालासहितको र्‍याली पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न भद्रकालीबाट सिंहदरबारको गेटतर्फ जाँदै गर्दा प्रहरीले रोकेको थियाे ।

प्रहरीले रोकेपछि र्‍यालीका सहभागीहरूले विरोध गरेका छन् । अभिनेत्री कोइरालाले सामाजिक सञ्जाल ट्वीटर मार्फत नागरिककाे राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान नगरेको बताएकी छिन् ।

Advertisement

उनले लेखेकी छन्,’ मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ । तर उसको व्यवहार ठीक उल्टो देखियो । पृथ्वी नारायणको शालिक अगाडी नै सरकार को यो आपत्तिजनक कार्य ? पानीको फोहरा र टियर ग्यास सहितनै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो ?’

Advertisement

झडपका क्रममा प्रहरीले लाठीचार्ज प्रदर्शनकारी घाइते भएका थिए । त्यस क्रममा र्‍यालीका सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । हातहातमा राष्ट्रिय झन्डा र पृथ्वीनारायण शाहका ‘दिव्योपदेश’ लेखिएका तस्बिर बोकेका उनीहरूले हिन्दू राष्ट्र र राजतन्त्र स्थापनाको माग गर्दै सडकमा नाचगान गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top