×

NEPAL TIMES UPDATES

Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026
Playing
एआईले मान्छेलाई पटमुर्ख बनायो, स्मरणशक्ति खराब पारिदियो || Nepal Times
Apr 23, 2026
Playing
Top 15 Afternoon News || April-23-2026 || Nepal Times
Apr 23, 2026
Playing
संविधान संशोधनबारे हर्कले दिए ९ बुँदे सुझाव, संसदबाहिर बाटै मन्त्री || Nepal Times
Apr 23, 2026
Playing
होर्मुजमा बारूदी सुरूङ हटाउन Americaलाई ६ महिना लाग्ने || Nepal Times
Apr 23, 2026
Playing
रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन || Nepal Times
Apr 23, 2026
Playing
Iran यु द्धमा Trumpको शक्ति घटाउने विधेयक पाँचौँ पटक अस्वीकृत || Nepal Times
Apr 23, 2026
Playing
शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली गर्ने तयारी|| Nepal Times
Apr 23, 2026
Playing
चीनले इरानलाई पठाएको ’उपहार’ ट्रम्पले खोसे || Nepal Times
Apr 23, 2026

सार्वजनिक यातायातभित्र यात्रुले देख्नेगरी नम्बर राख्नुपर्ने

१८ जेष्ठ २०७५

काठमाडौँ, जेठ १८
उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनले यात्रुले देख्नेगरी सवारी साधनको भित्री भागमा पनि नम्बर अनिवार्य राख्नुपर्ने भएको छ ।

सार्वजनिक यातायातमा यात्रुले धेरै सरसामान छोड्ने र हराउने क्रम बढेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाको पहलमा ट्याक्सी, माइक्रोबस, बसदेखि सबैखाले सार्वजनिक यातायातले अगाडि नम्बर राख्नुपर्ने व्यवस्था गरेको हो ।

Advertisement
Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित पत्रकार सम्मेलनमा यात्रुको सहजताका लागि बसभित्र पनि नम्बर राख्ने व्यवस्था मिलाइएको जानकारी दिइयो ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले सार्वजनिक यातायातमा यात्रुले सरसामान धेरै छोड्ने तर सवारी साधनको नम्बर थाहा नहुँदा हराउने क्रम गरेपछि महाशाखाले सामानको सुरक्षा र सहज यात्राका लागि भित्रपटी पनि सवारी साधन नम्बर राख्ने व्यवस्था मिलाएको बताए।

उनले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन बस स्टपमा उक्लने र ओर्लने यात्रुलाई लाइन लगाएर सवारी साधन चढाउने, लेन अनुशासनलाई कडाइ गर्ने, जेब्राक्रसिङलाई प्राथमिकता दिने, आकाशेपुलको प्रयोग गर्न लगाउनाका साथै सडक तथा फुटपाथलाई व्यवस्थित गर्न लागिएको जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक पन्तले गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजना र प्रहरी महानिरीक्षकको १० बुँदे प्राथमिकतालाई महाशाखाले कडाइका साथ लागू गर्ने बताए।

तोकिएको सिट नराख्ने, इजाजत नलिई सवारी साधन चलाउने, सिटभन्दा धेरै माइक्रोबस र टेम्पोमा यात्रु राख्ने, सार्वजनिक सवारी साधनमा धूमपान गर्ने, ध्वनि संकेत निषेधित क्षेत्रमा ध्वनि संकेत दिने, निर्धारित गतिभन्दा बढी बेगले सवारी चलाउने र दुर्घटना गराइ फरार हुने सवारी साधनलाई रु एक हजार जरिवाना महाशाखाले गर्दै आएको छ ।

महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक पन्तले कान्तिपथबाट हरेक दिन सञ्चालन भइरहेका सवारी साधनलाई नयाँ बसपार्कबाट सञ्चालन गर्ने प्रयास भइरहेको बताए ।

यस्तै स्कुल, कलेज, संघसंस्थामा ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै प्रिन्टर जडान नगर्ने तथा बढी भाडा लिने ट्याक्सी, सिसीटिभीको निगरानीमा सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गर्ने र बढी दुर्घटनाका रुपमा हेरिएका टिपर, ट्रकलाई दैनिक जाँचको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।

हाल काठमाडौँ उपत्यकामा ११ लाख ३२ हजार ९२९ सवारी साधन सञ्चालनमा छन् । आर्थिक वर्ष २०७४÷७५ को १० महिनामा उपत्यकामा १४९ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये ११७ पुरुष र ३२ महिला थिए ।

Advertisement

चालू आवमा तीन लाख ७८ हजार ९२७ सवारी साधनलाई कारवाही गरिएको महाशाखाले जनाएको छ ।
रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top