आरआर क्याम्पसका प्राध्यापक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

आरआर क्याम्पसका प्राध्यापक यौन दुर्व्यवहारको आरोपमा पक्राउ

२८ पौष, काठमाडौँ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्नराज्य (आरआर) लक्ष्मी क्याम्पसका प्राध्यापक विष्णु आचार्य यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

एक छात्राले आफूमाथि दुर्व्यवहार गरेको उजुरीका आधारमा प्राध्यापक आचार्यलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । पक्राउ परेका आचार्यविरुद्ध अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ ।

प्राध्यापक आचार्यले छात्रालाई यौनजन्य सन्देश पठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.