संचार जगत पूर्वाग्रही भएको संचारमन्त्रीको आरोप

संचार जगत पूर्वाग्रही भएको संचारमन्त्रीको आरोप

२८ पुस, काठमाडाैँ ।

संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधि सँगको भेटमा मन्त्री गुरुङले अहिले भइरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यबस्थापन गर्न सकिने भए पनि अहिले ठीक उल्टो पत्रकारिता भैरहेको बताए । अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गरे । सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको बताए ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गरे । मन्त्री गुरुङसँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.