उखु किसानले फेरि पनि सबै भुक्तानी पाएनन्, पुस २४ सम्म ४३ करोड भुक्तानी

काठमाडौँ : करिब १६ दिनको आन्दोलन र सरकारसँग चारबुँदे सहमतिपछि स्थगित उखु किसानको अन्दोलनपछि किसानले करिब ४३ करोड रुपैयाँ भुक्तानी पाएका छन् । उखुको बक्यौता रकम माग्दै गत मंसिर २८ देखि काठमाडौंको माइतीघरमा आन्दोलनरत उनीहरूले पुस २४ सम्म चार वटा चिनी उद्योगबाट ४३ करोड रुपैयाँ पाएका हुन् ।

‘उखुको बक्यौता रकम माग्दै किसानले आन्दोलन नै गरेपछि गृह मन्त्रालयले भुक्तानी नगर्ने मिललाई कारबाही गर्ने बतायो । सम्बद्ध सञ्चालकलाई पक्राउ गर्न प्रहरीमार्फत पक्राउ पुर्जी पनि जारी गर्‍यो,’ गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले भने, ‘त्यसपछि भुक्तानी उठेको हो । पुस २४ सम्म करिब ४३ करोड भुक्तानी भएको छ ।’

सरकार र उखु किसानबीच पुस १३ मा भएको सम्झौतापत्रको पहिलो बुँदामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चिनी उद्योगीले उखु किसानलार्ई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगबाट २१ दिनभित्र उपलब्ध गराउने व्यवस्था मिलाउने उल्लेख छ । सम्झौताअनुसार अबको एक साताभित्र सम्पूर्ण रकम पाउनुपर्छ ।

Advertisement

तर सम्झौता अवधिभित्र भुक्तानी हुनेमा अन्योल देखिएको उखु किसान सघंर्ष समितिका अधिकारीहरू बताउँछन् । ‘श्रीराम, अन्नपूर्ण र लुम्बिनी सुगर मिलबाट करिब ४३ करोड रुपैयाँ पाएका छौं । अहिले थोरैथोरै भुक्तानी भइरहेको छ,’ उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘तर सम्झौता अवधिमा सबै रकम पाउन मुस्किल छ ।’ संघर्ष समितिले चिनी मिलबाट करिब ९० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउँदै आएको छ ।

उद्योगीले भने मन्त्रालयमा करिब ६५ करोड तिर्न बाँकी रहेको जनाएका छन् । ‘उद्योगी र सरकारकै दाबी मान्ने हो भने पनि अबको एक सातामा किसानले २२ करोड रुपैयाँ पाउनुपर्छ,’ सचिव रायले भने, ‘तर यति छिट्टै किसानले त्यति रकम पाउने सम्भावना देख्दिनँ । सरकारबाट फेरि धोका हुन सक्छ ।’ गृहका सूचना अधिकारी लामिछानले भने भुक्तानी भइरहेको र कतिपय चिनी उद्योगको प्रगति राम्रो भएको दाबी गरे । यद्यपि लुम्बिनी र इन्दिरा सुगर मिलको भुक्तानी सुस्त रहेको उनले बताए । ‘श्रीराम र अन्नपूर्ण सुगर मिलको भुक्तानी प्रगति ठिकै छ । लुम्बिनी र इन्दिराको गति सुस्त छ,’ उनले भने, ‘सरकारका तर्फबाट निरन्तर फलोअप भइरहेको छ ।’

लामिछानेका अनुसार पुस २४ सम्म अन्नपूर्ण सुगर मिलबाट ९ करोड ९१ लाख र श्रीराम सुगर मिलबाट ३१ करोड ८१ लाख रुपैयाँ भुक्तानी भएको छ । लुम्बिनी चिनी मिलको खातमा २ करोड ८० लाख रुपैयाँ छ । किसानलाई वितरण गर्न सञ्चालकको खातामा ४ करोड रुपैयाँको खाता रोक्का गरिएको छ । ‘लुम्बिनीको खातामा पनि ६ करोड ८० लाख जम्मा भएको छ । यो उद्योगले किसानलाई भने १ करोड ५० लाख मात्र भुक्तानी गरेको छ,’ उनले भने, ‘लुम्बिनीबाट थप वितरण जारी छ ।’

इन्दिरा सुगर एन्ड एग्रो प्रालिको खातामा १ करोड ८५ लाख जम्मा भएको छ । उक्त रकम किसानलाई छिट्टै वितरण गर्ने जानकारी पाएको लामिछानेले बताए । अन्नपूर्ण सुगर मिलबाट २० करोड, श्रीरामबाट १२ करोड, लुम्बिनीबाट ८ करोड, इन्दिराबाट ८ करोड र महालक्ष्मीबाट १० करोडभन्दा बढी भुक्तानी हुन बाँकी रहेको संघर्ष समितिका सचिव रायको भनाइ छ ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top