२९ पुस, इटहरी ।
पहिल्लो समय बाक्लो हुस्सु लागेर चिसो वढेसँगै इटहरी उपमहानगरपालिकाले आगो बालेर ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । बुधबार इटहरीका विपन्न वस्तीहरुमा दाउरा वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् ।
विपन्न वस्तीहरुका साथै इटहरी चौक आसपास मान्छेहरु धेरै भेला हुने ठाँउमा दाउरा वितरण गरिएको हो । विपन्न मुसहर वस्तीहरुमा बिहीबार देखि कम्वल वितरण गरिने उनले वताइन् । वाक्लो हुस्सु लागे पछि चिसोले जनजीवन प्रभावित भएको छ ।
बजारमा चहल पहल कम देखिन्छ । ज्येष्ठ नागरिक वालवालिका र श्रमिक वर्ग वढि प्रभावित भएका छन् । हुस्सु र शीतका कारण चिसो अझै बढ्ने भएकाले सकभर घरभित्रै बस्न, बाक्लो कपडा लगाउन, मनतातो पानी पिउन र प्रोटिनयुक्त खानेकुरा बढी खान चिकित्सकले सल्लाह दिएका छन् ।