×

NEPAL TIMES UPDATES

Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 20, 2026
Playing
किमले ट्रम्पलाई दिए आ*ण*वि*क धम्की! || Nepal Times
Apr 20, 2026
Playing
सिमामा १०० माथिको सामानमा कर, व्यापारी खुशी, गरिब दुःखी || Nepal Times
Apr 20, 2026
Playing
’हामी नेपाल’ र वैदेशिक सहायताः गृहमन्त्रीको विगतमाथिको शंका || Nepal Times
Apr 20, 2026
Playing
बीपीका चेला तर तोडिदिए कोइराला विरासत, जसलाई मनपर्छ चुट्किला र निन्द्रा || Nepal Times
Apr 20, 2026
Playing
World News: इस्लामावाद वार्ता भाँडियो,बेबी फुडमा मुसा मार्ने विष,रोबोट र ड्रोनको आत्मसर्मपण
Apr 20, 2026

द भ्वाइस अफ नेपाल सिजन–३ को घोषणा, नयाँ कोचमा तृष्णा गुरुङ

२९ पुष २०७७

२९ पुस, काठमाडौँ ।

नेपालको नम्बर एक गायन रियालिटी सो ‘ओप्पो प्रिजेन्टस् द भ्वाइस अफ नेपाल’ सिजन–३ को डिजिटल अडिसनमा नेपालसहित बिभिन्न देशबाट झण्डै ४० हजार प्रतिभाहरुले सहभागीता जनाएका छन् ।

Advertisement
Advertisement

झण्डै एक महिनासम्म चलेको अडिसनमा नेपालसहित बिभिन्न देशमा बसोबास गर्ने नेपालीभाषी प्रतिभाहरुले पनि उत्साहजनक सहभागीता जनाएकाे  । भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलिया र अमेरिकामा बसोबास गरिरहेका नेपालीमूलका प्रतिभाहरु पनि यो अडिसनमा सहभागी भएका छन् । अडिसनमा सहभागी प्रतिभाको संख्या अघिल्लो बर्षको तुलनामा झण्डै दोब्बर हो ।

‘अडिसनमा सहभागी हुने प्रतिभाहरुको संख्या र गायकी दुवै हिसावले निकै उत्साहजनक देखिएको छ’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘भूगोल र बिविधतामा राम्रो प्रतिनिधित्व भएको छ।’

डिजिटल अडिसनमा सहभागी प्रतिभाहरुको थप परीक्षण र छनौटपछि कुल १ सय २० जना प्रतिभाहरुले कोचका अगाडी ब्लाइन्ड अडिसनमा प्रस्तुती दिन पाउनेछन् । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाहरुको सांगीतिक यात्रा त्यही विन्दुबाट सुरु हुने छ । हरेक कोचको टीममा छानिएका १२ जना प्रतिभाहरुले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।

कार्यक्रम उत्पादनका लागि तिब्र गतिमा काम भइरहेको र आगामी एक महिनाभित्रै सिजन ३ को प्रसारण सुरु हुने हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कडेलले जानकारी दिए । कार्यक्रम हरेक शुक्रबार र शनिवार राती ८ बजे प्रसारण हुने छ ।

प्रायोजकसँग सम्झौता 
यसैवीच द भ्वाइस अफ नेपाल सिजन ३ का मुख्य मुख्य प्रायोजकहरुसँग सम्झौता भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा ओप्पो मोबाइल रहेको छ भने पावर्ड बाईमा बजाज पल्सर मोटरसाइकल र माइ सेकेण्ड टिचर रहेको छ । यसैगरी सिटी एक्सप्रेस मनी ट्रान्सफर र लोटस हर्बल को–स्पोन्सर रहेका छन् । कार्यक्रमको भोटिङ पार्टनरमा प्रभु पे आबद्ध भएको छ भने एसोसिएट स्पोन्सरमा डावर रियल जुस र हिमालय हर्वल अनुवन्ध भएका छन् । यो सिजनको एक्सक्लुसिभ मार्केटिङ पार्टनर एस मिडिया एण्ड मार्केटिङ रहेको छ ।

नयाँ कोचमा तृष्णा गुरुङ
द भ्वाइस अफ नेपालको तेस्रो सिजनमा अनुबन्ध भएका कोचहरुसमेत आजै सार्वजनिक गरिएको छ । अघिल्ला दुई सिजनमा कोच रहेका दीप श्रेष्ठ र प्रमोद खरेलले लगातार तेस्रो बर्ष पनि निरन्तरता पाएका छन् ।

नयाँ कोचमा अनुबन्ध भएकी गायिका तृष्णा गुरुङ लोकपप शैलीका गीतमार्फत् नेपाली युवापुस्ताका दर्शकमाझ लोकप्रिय छिन् । गायनसँगै उनको पहिचान गीतकार र संगीतकारका रुपमा पनि स्थापित छ । गाइने दाजैले सारङ्गी रेट्दैमा, माया पिरती, गुराँशै फुल्यो लगायत थुप्रै गीत करोडौं दर्शकले मन पराएका छन् ।

गत बर्ष अनुबन्ध भएका कोच राजु लामा पनि यो बर्ष कोचका रुपमा पुनः आउने छन् । नयाँ कोचमा गायिक तृष्णा गुरुङ अनुबन्ध भएकी छन् । निकै चर्चित गीतहरुमार्फत नेपाली सांगीतिक जगतमा स्थापित भएकी लोकप्रिय गायिका गुरुङले यसपटक आफ्नो टीममार्फत् अन्य कोचहरुसँग प्रतिस्पर्धा गर्नेछिन् ।

Advertisement

हिमालय टेलिभिजनले बिश्वका नम्बर एक रियालिटी सोहरु नेपालमा ल्याई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ । डान्सिङ वीथ द स्टार नेपालको हालै सफल प्रसारण गरेको टेलिभिजनले छिटै ‘भ्वाइस अफ नेपाल किड्स’ र बिजनेस रियालिटी सो ‘सार्क ट्याङ्क’ पनि यसै बर्षभित्र प्रसारण गर्ने तयारी गरेको छ ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top