आलापोटका ८०० घरलाई गुणस्तरीय खानेपानी

२९ पुस ७७, बुधबार

२९ पुस, काठमाडौं ।

Advertisement

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा खानेपानी वितरण गर्न दुई लाख ३० हजार लिटर क्षमताको ट्याङ्की र फिल्टर निर्माण गरिएको छ ।

वाग्मती प्रदेश सरकारको १ करोड ३० लाख रुपियाको लागतमा सो योजना सम्पन्न गरिएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तरगत खानेपानी डिभिजन कार्यालय भक्तपुरले ट्याङ्की र फिल्टर निर्माण गरेको र शुद्धीकरण गरिएको पानी वडाका करिब ८०० घरलाई वितरण गरिने आयोजनाले जनाएको छ ।

Advertisement

नवनिर्मित ट्याङ्की र फिल्टरको आज उद्घाटन गर्दै वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशभर एक घर एक धाराको नीति अनुसार काम भइरहेको बताए ।

पानीका स्रोत संरक्षण गरी प्रदेशसभाका ६६ वटै निर्वाचन क्षेत्रमा गुणस्तरीय पानी उपलब्ध गराउनका लागि तालतलैया, ढुङ्गेधारा र राजकुलोको संरक्षण गरिने मन्त्री फुयाँलले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top