×

NEPAL TIMES UPDATES

Playing
गिरिजाले दिए,बालेनले खोसे,’अदृश्य सरकार’ ट्रेड युनियनको दबदबाको कथा|| Nepal Times
Apr 07, 2026
Playing
बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै म्याद नथप्न परमादेशको अर्थ के हो ? || Nepal Times
Apr 07, 2026
Playing
इरानले यु*द्धविराम होइन, प्रत्याक्रमण गर्ने,एकैदिन १५५ विमान उडे|| Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी र पदाधिकारीको इन्धन सुविधामा ब्यापक कटौती, अब कति पाउँछन् ?|| Nepal Times
Apr 07, 2026
Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026

जी न्युजले कालापत्थर पुगेर विनाअनुमति भिडियो छायांकन गरेको पुष्टि, कारबाही गर्ने तयारी

१ माघ २०७७

काठमाडौं : ‘माउन्ट एभरेस्टको नाम परिवर्तन गर्ने मात्र होइन, सर्वोच्च शिखरमा भारतले दाबी ठोक्नुपर्छ’ भन्ने भारतीय च्यानल जी न्युजले प्रस्टीकरण दिएको छ । लिम्पियाधुरासहितका विषयमा नेपाली राष्ट्रियतामाथि भद्दा आक्रमण गर्दैै आएको टोली प्रधानमन्त्री केपी ओलीको अन्तर्वार्ता लिन नेपाल आएको थियो । प्रधानमन्त्रीको अन्तर्वार्ता लिएपछि टोलीले सगरमाथा पुगेर सगरमाथामाथि नै भारतीय दाबी प्रस्तुत गरेपछि नेपाली समुदायले निन्दा गरेको थियो ।

‘माउन्ट एभरेस्टको लोेकेसनलाई कसैले बदल्न सक्दैन, माउन्ट एभरेस्ट नेपालमै छ र यसलाई कसैले इन्कार गर्न सक्दैन । नेपालका आफ्ना दर्शकलाई आहत बनाउने हाम्रो कुनै उद्देश्य छैन,’ बुधबार साँझ प्रसारित कार्यक्रममा भनिएको छ । यही कार्यक्रममा अघिल्लो दिन सुधीर चौधरी आफ्ना दर्शकलाई भन्दै थिए, ‘तपाईं पनि माउन्ट एभरेस्टलाई माउन्ट सिकदर भन्ने हाम्रो अभियानमा सहभागी हुनुस् । यो अभियान आजबाट हामी सुरु गर्दै छौँ । हामी यो माग उठाइरहेका छौँ माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर हुनुपर्छ । अब भारतले पनि माउन्ट एभरेस्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्छ ।’

Advertisement

अनुमति नै नलिई भिडियो छायांकन

यता, जी न्युजको टोलीले सगरमाथा क्षेत्रमा हेलिकोप्टर चार्टर गरेर विनाअनुमति भिडियो खिचेर प्रसारण गरेको पुष्टि भएको छ । सगरमाथा क्षेत्रमा सामान्य मोबाइल तथा क्यामेराले भिडियो र फोटो खिच्न र व्यक्तिगत प्रयोजनमा लिन पाउने व्यवस्था छ । तर, भिडियो तथा फोटो ‘कमर्सियल च्यानल’बाट प्रसारण गर्न भने कानुनी रूपमा अनुमति लिनुपर्छ ।

राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागको नियमअनुसार नेपालीले समेत भिडियो छायांकन गर्न सशुल्क अनुमति लिनुपर्छ । यो प्रयोजनका लागि नेपालीले १० हजार र सार्क मुलुकका नागरिकले ५० हजार रुपैयाँ शुल्क बुझाएर पूर्वअनुमति लिनुपर्ने व्यवस्था छ । अझ, तेस्रो मुलुकका नागरिकले १५ हजार अमेरिकन डलर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

‘तर, भारतीय टिभी च्यानलले कुनै पनि स्थानबाट अनुमति लिएको पाइएको छैन,’ राष्ट्रिय निकुञ्‍ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक हरिभद्र आचार्यले भने, ‘टिभीमै प्रसारण भएको भिडियो खिच्न डकुमेन्ट्री बनाउने अनुमति लिनुपर्छ, यसका लागि सार्क मुलुकका नागरिकले ५० हजार रुपैयाँ तिनुपर्ने हो, तर जी न्युजले तिरेको देखिएन ।’ जी न्युजको टोलीले मंगलबार सिम्रिक हेलिकोप्टर चार्टर गरेर भिडियो बनाएर जी न्युजमार्फत आपत्तिजनक रिपोर्ट प्रसारण गरेको थियो ।

एयरलाइन्सले जिम्मा लिनुपर्छ : विभाग

सिम्रिकका कार्यकारी निर्देशकसमेत रहेका पाइलट सिद्धार्थ गुरुङले विदेशीलाई लैजाने क्रममा क्यामेरा, मोबाइल के छ भनेर सोध्ने नगरेको बताए । ‘चार्टरको डिमान्ड भएपछि रकम लिएर चार्टर गरेर लैजाने र ल्याउने हाम्रो जिम्मा हो,’ गुरुङले भने ।

Advertisement

विभागका निमित्त महानिर्देशक आचार्य भने यसको जिम्मेवारी चार्टर गरेर घुमाउन लैजाने एयरलाइन्स कम्पनी भएको बताउँछन् । ‘अनुमति नलिएका पर्यटकलाई के आधारमा निकुञ्ज क्षेत्रभित्र लगियो ? यसको विषयमा सम्बन्धित एयरलाइन्स कम्पनीलाई सगरमाथा निकुञ्ज कार्यालयले स्पष्टीकरण सोध्नेछ,’ उनले भने । याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

सम्बन्धित खबरहरु

Scroll to Top