सुनको भाउ आज प्रतितोला ८ सयले घट्यो

१ माघ, काठमाडौँ । सुनको भाउ आज एकैदिन ८ सय रुपैयाँले घटेको छ ।

Advertisement

आज सुनको भाउ तोलामा ९२ हजार एक सय रुपैयाँ निर्धारण गरिएको छ । यो हिजोको मूल्यभन्दा ८ सय रुपैयाँ सस्तो हो ।

हिजो तोलामा सुन ९२ हजार ९ सय रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउमा उतारचढाव देखिएकाले नेपाली बजारमा पनि सुनको भाउमा घटबढ भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

यस्तै, आज चाँदीको भाउ तोलामा १२ सय ४५ रुपैयाँ छ । हिजो चाँदी तोलामा १२ सय ६० रुपैयाँ थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top