नेकपा विवाद हेरिरहेका निर्वाचन आयोगका सहसचिवको सरूवा, गृहका सहसचिवलाई पठाइयो

१ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवले सरूवा भएको छ।

Advertisement

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो।

गौतम दश महिनादेखि उक्त महाशाखामा थिए। उक्त महाशाखाले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम गर्छ। पछिल्लो समय नेकपाको विवाद पनि महाशाखाले हेरिरहेको थियो।

Advertisement

गौतमको ठाउँमा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ। सरूवापछि गौतम शुक्रबार आयोगबाट बिदा हुँदै छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ। दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

Advertisement

पार्टीको नाम र चुनाव चिन्ह आफूले पाउनु पर्ने दुबै पक्षको दाबीमा आयोगले निर्णय गर्न बाँकी छ।

यस्तो बेलामा आयोगको परामर्शबिना महाशाखा प्रमुखलाई सरूवा गर्दा कार्यसम्पादनमा प्रभाव पर्ने एक आयुक्तले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top