परराष्ट्रमन्त्री नयाँदिल्लीमा : संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्ने

२ माघ ७७, शुक्रबार
Share this
773shares

२ माघ, काठमाडौँ ।

Advertisement

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा हिजो विहिबार अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् । उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए।

मन्त्री ज्ञवालीले आज शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन्।

Advertisement

यसैबीच राजदूत आचार्यले भारतका प्रधानसेनापति विपीन रावतसँग उहाँकै कार्यकक्षमा हिजो शिष्टाचार भेट गरे। त्यसअवसरमा उनीहरुबीच नेपाल¬–भारत मैत्रीबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top