कोरियन भाषा परीक्षाकाे मिति र केन्द्र सार्वजनिक

कोरियन भाषा परीक्षाकाे मिति र केन्द्र सार्वजनिक

विराटनगर,जेठ १९
रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले कोरियन भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको छ ।

हिँजो सार्वजनिक गरेको सुचना अनुसार भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने छ ।

भाषा परीक्षाको २८ वटा केन्द्र तोकिएको छ भने काठमाडौं, ललितपुर र पोखराका बिभिन्न सेन्टरहरुबाट परीक्षा लिइने छ ।

भाषा परीक्षा दुई सिफ्टमा हुनेछ । पहिलो सिफ्ट बिहान ८ बजेदेखि १० बजेसम्म र दोस्रो सिफ्ट १२ बजेदेखि ४ बजेसम्म हुने ईपीएस कोरिया शाखाले जनाएको छ ।

कामको लागि कोरिया जान इच्छुकहरुले भाषा परीक्षा उत्तीर्ण गर्नुपर्दछ । सन् २०१९ देखि भने सीप परीक्षण पनि अनिवार्य गरिने भएको छ ।

परीक्षा केन्द्र हेर्न यहाँ click गर्नुहाेस्

कोरियन भाषा परीक्षा केन्द्र

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.