एउटै गाउँमा पाँच करोडको सुन्तला

१ माघ ७७, शुक्रबार

२ माघ, सल्यान ।

सुन्तला गाउँको रुपमा चिनिएको जिल्लाको बागचौर नगरपालिका ८?९ का किसानले वार्षिक पाँच करोड बराबरको सुन्तला उत्पादन गर्दै आइरहेका छन् ।

यद्यपि यस वर्षको उत्पादन गत वर्षको तुलनामा कम भएको किसानहरुले बताएका छन् । दाना लाग्ने सयममा वर्षा भएका कारण सुन्तला उत्पादनमा गिरावट आएको किसानहरुको भनाई रहेको छ ।

Advertisement

विश्वभर फैलिएको कोरोना भाइरस रोगका कारण व्यापारीहरु बगैचामा आउन हिच्किचाएको बागचौर नगरपालिका–९ का किसान अंगेश्वर डाँगीले बताए । विगत २८ वर्षदेखि व्यावसायिक सुन्तला खेती गर्दै आइरहनुभएका डाँगीले कोटमौलाबाट मात्र वार्षिक ५ करोडभन्दा बढीको सुन्तला उत्पादन हुँदै आइरहेको बताए।

कोटमौलाका मात्रै झन्डै पाँच सय किसानहरुको प्रमुख खेतीको रुपमा सुन्तला खेती रहेको छ । कोटमौलाका किसानले सुन्तला बिक्रीबाट वार्षिक ५ लाखदेखि ३० लाख रुपैयाँसम्म कमाउने गरेको रेशम डाँगीले बताए। ३५ रोपनी क्षेत्रफलमा करिब पाँच सय बोट लगाउनुभएका रेशमले गत वर्ष मात्र ९ लाख आम्दानी गर्नुभएको थियो । यो वर्ष पनि कोरोना र उत्पादन नै कम भएकाले केही घट्ने उनले बताए ।

Advertisement

यस्तै गत वर्ष ३४ लाख सुन्तला बिक्री गर्नुभएका भरतनाथ योगीले यो वर्ष भने उत्पादनमा कमी आउने बताए । व्यापारीहरु अहिलेसम्म नआएको र सुन्तलाको आकार पनि सानो भएकाले गर्त वर्षको तुलनामा कमी आउने उनले बताए ।

सल्यानमा १ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदैँ आइरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । हाल ९ सय ८० हेक्टरमा सुन्तला उत्पादन भइरहेको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले बताए ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top