भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर : कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने सडकघाटमा नेपाली भुमिमा नेपाली किसानले लगाएको उखुको ढुवानीमा रोक लगाएको हो ।

Advertisement

बेलौरी नगरपालिका वडा न. १० को सडकघाटमा रहेको सिमा स्तम्भ न. ३५ को नजिकमा भारतीय पक्षले सिमामा रहेको बाटो प्रयोग गर्न नदिएका कारण किसानहरुले काटेको उखु मिलमा लैजान नपाउदा त्यस क्षेत्रका किसान पिडित बनेका छ्न । नेपाल भारत सिमानामा दसगजा नो मेन्सलेण्डको एकिन नभएको कारण हालसम्म नेपाली र भारतीय किसानहरुले प्रयोग गर्दै आएको बाटोलाई अहिले नो मेन्सलेण्ड हो भन्दै कृषि कामको लागि प्रयोग गर्न नदिने भन्दै भारतीय एसएसबि ले उखु ढुवानीमा रोक लगाएको छ ।

सिमाको ३५ नम्बर पिल्लर संगै रहेका खेतको उखु ढुवानी गर्न नपाउदा नेपाली किसान पिडित बनेका छ्न । भारतीय सिमा सुरक्षा बलएसएसबिले दसगजा क्षेत्रबाट कसैलाइ पनि प्रयोग गर्न नदिने भन्दै उखु ढुवानीमा रोक लगाएको बिओपी भुडाका ससस्त्र प्रहरी निरीक्षक गोबिन्द थापाले बताए । भारतीय सिमा सुरक्षा बल एसएसबिले सडघाटका स्थानीय राम बहादुर बिक, लोकमणि अर्याल, अमर चन्द र बिनोद लम्सालका खेतमा रहेको तीन दिन अघि काटेको उखु नजिकै रहेको महाकाली सुगर इन्डश्ट्रीमा लैजान अवरोध गरेकाे छ । ३५ नम्बर पिल्लर संगै रहेको झन्डै ५/६ बिगाहा खेतमा रहेको नेपाली किसानको खेतमा रहेको उखु कसरी ढुवानी गर्ने बारे किसान अन्यौलमा रहेका छ्न । “तीन दिन भयो उखु काटेको खेतमै ट्रलीमा लोड छ तर बोक्न दिदैन एसएसबिले सडकमा समेत हिन्न दिदैन भन्दै दुख पोखे नेपाली किसान राम बहादुर बिकले ।

Advertisement

नेपाल भारत सिमा दसगजा ( नो मेन्सलेण्ड)को यकिन न भएका बेला भारतिय पक्ष द्वारा एकलौटी रुपमा प्रयोग गर्न नपाउने भन्दै रोक लगाउनु पुर्वाग्रह पुर्ण र हेपाहा प्रबृती रहेको अन्तर्राष्ट्रिय सिमा सरोकार समुहका संयोजक पल्लब राज भट्ट्ले बताए । ” दुबै देश बिच सिमांकन बारे भएको सम्झौता अनुसार सिमांकनको बारे पुर्ण सहमति भइ कार्यान्वयन नहुदा सम्म “स्टाटस-को” मा राख्ने ब्यवस्था अनुसार पनि सिमा विवादको टुंगो नलागुन्जेल सम्म जुन रुपमा प्रयोग भएको छ, त्यही रुपमा प्रयोग गरि राख्ने भनिएको छ ।” उनले भने । सडकघाट, भुडा क्षेत्रमा भारतीय पक्षले लागू गर्न खोजिएको स्ट्रीप नक्सामा भने झन्डै सिमा १५० मिटर भारततिर पर्ने देखिएको छ । यसर्थ अहिले भनिएको नो मेन्सलेण्ड यकिन यहि हो भन्न नसकिएको उनले बताए ।

हाल सम्म दुबै पक्षले प्रयोग गरि आएको बाटोलाई स्थानीय किसानहरुले कृषि कार्यका लागि प्रयोग गर्न पाउनु पर्ने माग राखेर स्थानीय सरकारले सिमामा रहेका भारतीय सुरक्षा निकाय संग स्पष्ट कुरा राखी तत्काल नेपाली किसानलाइ उखु ढुवानीमा सहजता गर्न अनुरोध गर्नु भएको छ ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top