×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सीमा विवादमा कुनै छलफल नै नगरी फर्किए परराष्ट्र मन्त्री

३ माघ, काठमाडाैँ ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देश बीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको बताएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा जाएका परराष्ट्रमन्त्री ज्ञवाली शनिबार नेपाल फर्किएका हुन् ।

भ्रमणले नेपाल र भारतविच रहदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुत पार्न योगदान पुगेको मन्त्री ज्ञवालीले बताए । आयोगको बैठकमा कोभिड १९ को भ्याक्सिनको आवश्यकता पुर्ति गर्ने बारेमा भारतसँग छलफल भएको तथा भारतले नेपाललाई प्राथमिकतामा राखेको स्पष्ट पारेको उनले जानकारी दिए ।

Advertisement
Advertisement

त्यसैगरी कोभिडका कारण बन्द रहेका हवाई तथा स्थल मार्गहरु क्रमशः खोल्दै जाने, हुलाकी सडक अन्र्तगतको १४ खण्डमध्ये सम्पन्न भइसकेको ११ खण्ड हस्तान्तरण प्रक्रिया अगाडी बढाउने र बाँकी खण्ड छिट्टै सक्ने कुराकानी भएको उनले बताए । बैठकमा रक्सौल, काठमाडौँ रेलमार्ग निर्माण कार्यको फिल्ड लोकेशन सर्भेका लागि एमओयू अन्तिम चरणमा पुगेकोले शिघ्र काम शुरु गर्ने सहमति गरेको छ । भैरहवामा एकिकृत चेकपोष्टको काम शिघ्र शुरु गर्ने विषयमा कुरा भएको मन्त्री ज्ञवालीले जानकारी दिए ।

उनले महाकालीमा निर्माणाधिन ४ लेनको सडक पुललाई भारतको राष्ट्रिय सडक सञ्जालसँग जोड्न भारत सहमत भएको बताए । बैठकमा भुकम्पपछिको पुनर्निमाणमा भारतले प्रदान गरेको अनुदान तथा ऋणको उपयोग गर्ने तथा परियोजनालाई अन्तिम रुप दिने विषयमा पनि छलफल भएको छ । नेपाल भारत बीचको पारवहन र रेलसम्बन्धी सन्धि, सम्झौताहरु पुनरावलोकनको प्रक्रिया छिटो सम्पन्न गर्ने निर्णय पनि भएको छ ।

Advertisement

भ्रमणको क्रममा नेपालको निर्यात बढाउने ठोस उपाय अबलम्बन गर्न नेपाली पक्षले भारत सरकारलाई अनुरोध गरेको छ । कृषिमा थप सहकार्य गर्ने तथा जि टु जि प्रक्रियामा मल खरिद गर्ने एम ओ यु लाई गति दिने सहमती लगायत अन्य विभिन्न निर्णय भएको पराराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिए । आयोगको संयुक्त बैठक दुवै पक्षलाई अनुकुल हुने समयमा नेपालमा आयोजना गरिने परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top