कांग्रेसद्वारा ७५३ वटै स्थानीय तहमा प्रदर्शन

३ माघ ७७, शनिबार

३ माघ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसले शनिबार ७५३ वटै स्थानीय तहमा प्रदर्शन गरेको छ ।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले पूर्वघोषित कार्यक्रमअनुसार प्रदर्शन गरेको हो । प्रदर्शनमा सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेता, पूर्वसांसद, संविधान सभा सदस्यहरु सहभागी भएका थिए।

Advertisement

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले गत पुस १३ र २५ गते पनि प्रदर्शन गरेको थियो । कांग्रेसले माघ ८ गते ७५३ वटा पालिकाहरुका ६७४३ वडामा प्रदर्शन गर्ने तय गरिसकेको छ ।

सभापति देउवाले शनिबारको प्रदर्शनमा उत्साहजनक सहभागिता रहेको भन्दै आभार व्यक्त गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top