इन्डोनेशियाको माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोट

४ माघ, एजेन्सी । इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सेमेरुमा भएको ज्वालामुखी विस्फोटबाट निस्किएको धुवाँ तथा खरानी साढे पाँच किलोमिटर भन्दा धेरै परसम्म पुगेको बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेटमा भएको विस्फोटपछि त्यहाँको आकासमा खरानी र धुवाँ फैलिएको छ ।

ज्वालामुखीबाट कोही घाइते भएको वा ज्यान गएको जानकारी आइनसकेको भएपनि इन्डोनेशिया सरकारले ज्वालामुखी विस्फोट भएको आसपासको पहाडी क्षेत्रमा बसेका मानिसलाई सचेतता अपनाउन आह्वान गरेको खबरमा उल्लेख छ ।

यस अघि शुक्रबार इन्डोनेशियाको सुलावेसी प्रान्तमा गएको भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । अझै पनि खोजी कार्य भइरहेको छ । भूकम्पबाट सयौं घाइते र हजारौं विस्थापित भएका बीबीसीले जनाएको छ । अघिल्लो हप्ता ६२ जना बोकेको इन्डोनेसियाको एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कसैको पनि जीवित उद्धार भएन ।

भर्खरको समाचार

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

सम्बन्धित समाचार

Scroll to Top