×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अन्तिम समयसम्म कसरत गर्दा पनि किन मोदीले भेट दिएनन् ?

५ माघ २०७७

नेपालले भारतीय पक्षलाई महत्त्व दिए पनि भारतीय पक्षले नेपाली पक्षलाई खासै महत्त्व नदिएको पाइएको छ । परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न अन्तिम समयसम्म कसरत पनि मोदीले भेट नदिनुले त्यो कुरा पुष्टि गरेको छ ।

जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए ।

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले भने त्यसलाई बेवास्ता गरेको छ ।

भारतीय पक्षले नेपाली प्रतिनिधि मण्डलले उठाएका सीमा विवादलगायत विषयलाई पनि संयुक्त छलफलको विषय बनाएको छैन । जबकि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण सीमा विवाद नै हो र पछिल्ला भ्रमण र संवादले भारतीय पक्ष नेपालसँग सीमा विवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो ।

Advertisement

पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय प्रधानमन्त्री ओलीले रअ प्रमुखलाई बालुवाटारमा स्वागत गरेपछि यस्तो अवस्था आएको बताउँछन् । ‘प्रधानमन्त्रीको रअ प्रमुखसँगको भेटले नेपाल एउटा मार्गचित्रमा गइसकेको छ । कूटनीतिमा मर्यादाको अर्थ हुन्छ,’ उनी भन्छन्, ‘नेपालको कूटनीतिलाई गुप्तचर संस्थाले नै चलाउँछ भने राजनीतिक र कूटनीतिक हिसाबले किन दुःख गर्ने भन्नेमा भारत गएको देखिन्छ ।’, आजको नागरिक दैनिकमा समाचार छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top