पानीजहाज कार्यालयको बिजोगः कर्मचारी जानै मान्दैनन्

काठमाडाैँ : दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले ताझामका साथ उद्घाटन गरेको पानी जहाज कार्यालयमा माथिल्लो तहका प्रायः सबै दरबन्दी रित्तै छन् । उक्त कार्यालयमा सरकारी कर्मचारी सकेसम्म जानै चाहन्नन् । गए पनि धेरै समय टिक्दैनन् । उनीहरुले तुरुन्तै अन्य कार्यालयमा सरुवा मिलाउने गरेका छन् ।

Advertisement

पानी जहाज कार्यालयका रजिस्ट्रार पद २०७६ भदौदेखि खाली छ । यसैगरी सिँचाइ इन्जिनियर हाइवे इन्जिनियर तथा कानुन अधिकृत पद पनि खाली छ । विपिन राजभण्डारीले विगत डेढ वर्षदेखि निमित्त रजिस्ट्रार भइ पानीजाहाज कार्यालयको नेतृत्व गरेका छन् ।

सो कार्यालयमा १६ जना कर्मचारीको दरबन्दी छ तर दरबन्दीअनुसार कहिल्यै १६ जना कर्मचारी कार्यरत भएनन् । ‘पानीजहाज कार्यालयमा काम गर्दा समाज, छरछिमेकले मात्र होइन, आफ्नै परिवारको सदस्यहरुले पनि खिसी उडाउने गर्थे,’ पानी जहाज कार्यालयबाट अन्य ठाउँमा सरुवा मिलाएका एक कर्मचारी भन्छन्, ‘समुद्र नै नभएको ठाउँमा पानी जहाज कार्यालय किन चाहियो भनी सबैले प्रश्न गर्थे ।’

Advertisement

दरबन्दीअनुसार कर्मचारी पठाउन पानीजहाज कार्यालयले संघीय मामिला मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालयलाई पटक पटक ताकेता गरे पनि कर्मचारी जानै नचाहेपछि पानीजहाज कार्यालयमा जहिले पनि कर्मचारीको अभाव भइरह्यो ।, आजको नागरिक दैनिकमा समाचार छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top