फलामे डन्डीकाे मूल्य बढ्नुको कारण पेस गर्न डन्डी उद्योगकाे अटेरी

काठमाडौँ : फलामे डन्डी उद्योगीले सरकारको निर्देशनमा अटेरी गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले फलामे डन्डी उद्योगीलाई मूल्य बढ्नुको कारण पेस गर्न दिएको निर्देशन अधिकांश उद्योगीले अटेरी गरेका हुन् ।

डन्डीको भाउ बढेको गुनासो आउने क्रम बढेसँगै विभागले डन्डी उद्योगीसँगको छलफलपछि एक साताभित्र भाउ बढ्नुको कारण खुल्ने आवश्यक कागजातसहित विभागमा उपस्थिति हुन निर्देशन दिएको थियो । विभागले देशभर सञ्चालित २१ वटा डन्डी उद्योगमा पत्रचार गरेर एक साताभित्र विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिएकोमा अहिलेसम्म चार÷पाँचवटा उद्योगले मात्रै विवरण पेस गरेको जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले डन्डी उद्योगीसँग नम्र रूपमा प्रस्तुत भएर एक साताभित्र मूल्य बढ्नुको कारण पेस गर्न भनेर दिएको निर्देशनमा अधिकांशले अटेरी गरेको बताउनुभयो ।

Advertisement

उहाँले भन्नुभयो, विवरण बुझाउने आज अन्तिम दिन हो, सारै सानो सङ्ख्याबाट मात्रै विवरण आएको छ । अधिकांश आउनुभएन । हामी राम्रो गर्ने उद्योगीलाई सहयोग गर्छौं, असहयोग गर्नेलाई कानुनी प्रक्रियामा जान बाध्य हुन्छौँ, यो वातावरण नबनोस् भन्ने हो ।

उद्योगीहरूले आन्तरिकभन्दा पनि बाह्य कारणले गर्दा डन्डीको भाउ बढेको दाबी गर्दै आएका छन् । प्रिमियर स्टिल उद्योगका सञ्चालक पवन सारडाले भाउ बढ्नुको कारण नेपाली उद्योगीले गर्दा नभएर विदेशबाट आउने कच्चा पदार्थको भाउ बढेकाले यस असर नेपालमा परेको बताउनुभयो ।

Advertisement

डन्डी उत्पादनका लागि सबै कच्चा पदार्थ विदेशबाट ल्याउनु पर्ने र त्यस्तो कच्चा पदार्थ कोभिड–१९ पछि अन्तर्राष्ट्रिय बजारमै महँगो भएको उहाँको भनाइ छ । , याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top