ब्राजिलमा कोरोनाविरुद्धको खोप अभियान सुरु, नर्सलाई खोपको पहिलो डोज

५ माघ, एजेन्सी ।
कोरोना भाइरसको महामारीबाट बढि प्रभावित भएको मध्ये एक ब्राजिलमा खोप अभियान सुरु भएको छ ।

दक्षिण अमेरिकी देश ब्राजिलमा अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने नर्सलाई खोपको पहिलो डोज दिएर खोप अभियान थालिएको हो । ब्राजिलको नियामक निकाय एनविजाले दुई खोपलाई आकश्मिक प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ ।

ब्राजिलले अक्सफोर्ड–एस्ट्राजेनेका र चीनले बनाएको सिनोभाक खोपलाई स्वीकृति प्रदान गरेको हो । ब्राजिलका सबै २७ राज्यमा खोप अभियान आइतबारदेखि सुरु भएको हो ।

Advertisement

दक्षिण अमेरिकी देशहरुमा खोप अभियान यसअघि नै सुरु भइसकेको छ । कोरोना भाइरसका कारण ब्राजिलमा अमेरिकापछि सबैभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।

Advertisement

कोभिड–१९ ले अहिलेसम्म दुई लाख ९ हजार ८ सय भन्दा बढि ब्राजिलियनको ज्यान गएको छ । ब्राजिलमा कुल संक्रमितको संख्या ८४ लाख ८८ हजार भन्दा बढि छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफू संक्रमित भए पनि कोरोना भाइरसको महामारीलाई गम्भीर रुपमा लिएनन् । महामारीको दोस्रो लहर चलेपछि उनी पछिल्लो समय आलोचनाको केन्द्रमा छन् ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top