अटो रिक्सा चालकः कोही स्वदेशमै भविष्य खोज्दै, कोही विदेशिने तयारीमा

४ माघ ७७, सोमबार

५ माघ, कैलाली ।
कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेशिया पुगे ।

त्यहाँ पुग्दा दलालको फन्दामा परेका उनले शुरुमा महिनामा रु १८ हजारमा एक होटेलको काममा लाग्नुपर्यो । नेपाल फर्किने पनि उनीसँग कुनै उपाय थिएन ।

विमानस्थलबाटै बलबहादुरको राहदानी दलालले आफ्नो हातमा लगिसकेको थियो । दुई वर्ष मलेशिया बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै ठिक्क भयो ।

Advertisement

पाउनसम्मको दुःख पाएर फर्किएका बलबहादुर अहिले स्वदेशमै अटो रिक्सा चलाएर आफ्नो भविष्य देख्न थालेका छन् । अहिले समूहबाट ऋण लिएर अटो रिक्सा चलाउन थालेका टमट्टा विदेशमा गर्ने दुःख नेपालमा गर्नसके दोब्बर पैसा कमाउन सकिने अनुभव सुनाउँछन् । “मैले दुःख आँखा अगाडि देखिको छु ।

दश दिन लगाएर एक चट्टा गिट्टी कुटेर रु ८०० कमाएर घर गुजारा गरेको मलाई अहिले जस्तै लाग्छ”, बलबहादुरले भने, “अटो रिक्सा चलाउन थालेपछि मलाई पछाडि फर्केर हेर्नुपरेको छैन । यो काममा सन्तुष्ट हुँदा जे काम गरे पनि आफ्नै देशमा गर्नुपर्ने रहेछ भन्ने ज्ञान मलाई विदेशले सिकाएको छ ।”

Advertisement

कोरोनाको जोखिमका कारण घटेको सर्वसाधारणको आवागमनले भने आफूले सोचे जति कमाइ गर्न नसकिरहेको उनले बताए । टीकापुर नगरपालिका–१ वनगाउँका हरिराम चौधरीको सोच पनि कम्ती छैन ।

छ वर्षसम्म विदेशमा बसेका उनले अब आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटसहित अटो रिक्सा चलाउन थालेको भएको छ । व्यवसायप्रति सन्तुष्ट भएका उनले भने, “अब विदेश जाने मेरो कुनै सोच छैन ।

जे गरे पनि आफ्नै देशमा गर्ने हो, हिजो अटो रिक्सामै राम्रो कमाइ थियो । आज छैन त भोलि त होला । अटो रिक्सानै मेरो व्यवसाय हो यसैलाई निरन्तरता दिन्छु ।”

उनले छिट्टै सम्पन्न भइहाल्नु पर्छ भन्ने मानसिकताले काममा सफलता पाउन कठिन हुने गरेको बताए । “व्यवसाय गर्दा छिट्टै ठूलो आम्दानी होस् भन्ने मानसिकता हामीमा छ । यस्तो मानसिकताले हामीले गर्ने कामबाट सफलता प्राप्त गर्न सक्दैनौँ, हरिरामले भने, “अहिले कोरोनाले सबै क्षेत्रको अवस्था नाजुक छ ।

हामीले पनि धैर्य राखेर भोलिको आशामा व्यवसायलाई निरन्तरता दिनुपर्छ ।” लम्कीचुहा नगरपालिका–७ का अर्जुन चौधरी पहिले काम गर्न पोखरा, काठमाडौँलगायतका शहरमा जाने गर्थे ।

कमाइ राम्रै भए पनि घर फर्किँदा भने रित्तै फर्किनुपर्ने बाध्यता उनले सुनाए । एक वर्षदेखि अर्जुनले अटो रिक्सा चलाउँदै आएका छन् । संयुक्त परिवारमा बस्ने अर्जुनको थोरै कमाइले घरपरिवारमा गुजारा गर्न भने मुस्किल हुने गरेको छ ।

घरमा एक्लो व्यक्तिको कमाइले घरपरिवारको गुजारा गर्न समस्या हुन थालेपछि विदेश जाने तयारीमा लागेको उनी बताउँछन् । कोरोना सङ्क्रमण फैलनुभन्दा पहिले स्वदेशमै केही गर्नुपर्छ भन्ने सपना देखेका अर्जुनलाई कोरोनाका कारण व्यवसायबाट सोचेअनुसार आम्दानी हुन नसकेपछि भने विदेशको तयारी गर्नुपर्ने बाध्यता आइलागेको हो ।

“कोरोना सङ्क्रमण हुने जोखिमले व्यवसायमा नराम्रो असर पर्दा घर गुजारा पनि नहुने अवस्थामा आएको छ”, उनले भने, “व्यवसाय गर्दा भएको आम्दानीले गाडीको किस्ता, घरको गुजारा चलाउन मुस्किल भयो, अरु केही काम गरौँभन्दा पूँजीको समस्या छ, कोरोना सङ्क्रमण कम हुनासाथ विदेशको राहदानी लगाउने तयारी गरिरहेको छु ।”

टीकापुर नगरपालिका–२ राजीपुरका मोहन ठकुल्ला पनि छ वर्ष विदेश बसेर स्वदेश फर्किए । विदेशमा पनि राम्रो कमाइ गरेका मोहनले आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटका साथ अटो रिक्सा किने ।

घरपरिवारको आन्तरिक समस्याका कारणले पनि उनले विदेशको सपना भुलिसकेका थिए । अटो रिक्सा किन्दा दैनिक एक हजार ५०० सम्म बचत हुन थालेपछि आफू विदेश गएर फसेको रहेछु भन्ने लागेको उनी बताउँछन् ।

कोरोनाको जोखिमका कारण व्यवसायमा परेको असरले अटो रिक्सा चालक मारमा परेको अनुभव सुनाउँदै उनले भने, “कोरोनाले सबै व्यवसायको अवस्था नाजुक बनाएको छ ।

अहिले ग्राहकसँग पनि तोकिएको भाडा पाउन सकिने अवस्था छैन, जुन उमङ्ग पहिले थियो, त्यो रहेन । कतिपय मजदूरले फेरि विदेशको सपना देख्न थालेका छन ।”

कोरोनाको जोखिमका कारण पछिल्ला महिनामा अटो रिक्सा चालकमा परेको असरले सोचेअनुसार आम्दानी हुन नसकेपछि टीकापुर, लम्की र आसपासका सडकमा रिक्सा चलाउने कतिपय मजदुर पुनः विदेशिने तयारी गरिरहँदा अन्य कतिपयले भने जे जस्तो अवस्था भए पनि अब आफ्नै देशमा काम गरेर जीविका चलाउने अठोटमा देखिन्छन् ।

सडकको अवस्था जीर्ण भएकाले पनि रिक्सा चलाएर जीविका चलाउने मजदूरलाई सहजरूपमा व्यवसाय गर्न कठिनाइ देखिन्छ । “ठाउँठाउँमा बिग्रेको सडकको अवस्थामा सुधार नआउँदा सहजरूपमा व्यवसाय गर्न पनि समस्या भइरहेको छ”, अर्का अटो रिक्सा चालक जनक टमट्टाले भने, “ग्राभेल र खाल्टाखुल्टी परेको सडक भएकाले रिक्सा बिग्रने गर्छ, यात्रु पाइँदैन, पाए पनि सस्तोमा जान खोज्छन् ।”

कैलाली जिल्लाको दक्षिण पूर्वी शहर टीकापुर नगरपालिका क्षेत्रमा १०० भन्दा बढी अटो रिक्सा चल्ने गरेका छन् ।
सामान्य लेखपढ गरेका, दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएका युवाको स्वरोजगारको मुख्य स्रोत नै अटो रिक्सा व्यवसाय बन्दा कोरोनाको जोखिमले पुगेको असरले भने उनीहरूको आम्दानीमा असर पुगिरहेको छ ।

सबै रिक्सा चालकसँग लाइसेन्स (चालक अनुमतिपत्र) समेत नहुँदा पनि बेलाबखत विभिन्न खालको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ ।  चालक अनुमतिपत्र बिना नै रिक्सा चलाएर हुनसक्ने कुनै दुर्घटनाबाट पुग्ने सम्पूर्ण क्षतिपूर्ति सम्बन्धित अटो चालकले नै व्यहोर्नुपर्ने बाध्यता आफूहरूको रहेको ती मजदूरको गुनासो छ ।

लेखपढ गर्न नसक्ने यो व्यवसायमा लागेको अवस्थामा चालक अनुमतिपत्र लिँदा लिइने लिखित परीक्षा र ‘ट्रायल‘ परीक्षा लिँदा तोकिएको मापदण्ड पूरा गर्न नसक्दा लाइसेन्स पाउन आफूहरूका लागि फलामको च्युरा चपाउनुसरह बनेको गुनासो मजदुरको छ ।

यसबाहेक रिक्सा कुन सडकमा चलाउन पाउने, कुनमा नपाउने भन्ने विषयमा रिक्सा चालकलाई रुट परमिट (सडक इजाजत) उपलब्ध गराउने व्यवस्था नहुँदा पनि समस्या भइरहेको छ ।

उनीहरूको गुनासो छ, “बर्दिया जिल्लाबाट रुट परमिट पाएका आटो चालक कैलालीको लम्कीसम्म सहजरूपमा पुग्छन्, तर हामीलाई आफ्नै जिल्लामा रुट परमिट पाउन कठिन छ ।”(रासस)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top