×

NEPAL TIMES UPDATES

Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026
Playing
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई होल्डमै || Nepal Times
May 02, 2026

अतिक्रमणको प्रतिकारमा नेपाली

५ माघ २०७७

५ माघ, मङ्गलबारे ।

भारतीयले नेपालतर्फको भूभाग मिच्नु र मिच्न खोज्नु नौलो विषय होइन । पटकपटक भारतीय सीमासुरक्षा बलले नेपालतर्फको भूभागमा पसेर सीमा मिच्ने गरेको छ । कहिले सीमावारी भौतिक संरचना बनाउँछ त कहिले जङ्गे पिलर नै कब्जाको प्रयास गर्छ ।

Advertisement
Advertisement

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै यो समस्या रहने गरेको छ । तराईमा भन्दा पहाडी क्षेत्रमा सीमा सुरक्षामा चुनौती रहेको त्यस क्षेत्रका बासिन्दाको भनाइ छ । भर्खरै पनि भारतसँग सीमा जोडिएको जिल्लाको सूर्योदय नगरपालिका– २ हिलेमा भारतीय सीमासुरक्षा बलले नेपालतर्फका भूभाग कब्जा गर्न खोजेपछि यस्तै झमेला भयो । स्थानीयवासीको प्रतिकारपछि भारतीय पक्ष पछि हट्यो ।

गत शनिबार पुशपतिनगरस्थित हिले क्षेत्रमा रातारात भारतीय सीमासुरक्षा बल एसएसबीले एकतर्फीरुपमा नेपालतर्फको सीमामा बारबेरा लगाएको सीमा क्षेत्रमा बस्ने नेपालीहरुको भनाइ छ । भारतीय पक्षले नेपालतर्फको भूभाग कब्जा गर्न खोजेपछि एकजुट भएका नेपालीले यसको खुलेरै नेपालको रक्षा गर्नुपर्यो ।

स्थानीयवासीको तीव्र विरोधपछि एसएसबीले आइन्दा सीमा क्षेत्रमा यस्ता क्रियाकलाप नगर्ने भन्दै पछाडि हट्नुपर्यो । वैज्ञानिक सिमाङ्कन नहुँदा पूर्वी सीमाको इलाम खण्डअन्तर्गत ५२ किलोमिटर क्षेत्रमा वर्षेनी यस्तै समस्या बल्झिरहने गरेको छ । यो समस्या वर्षमा एक दुइपटक जस्तै दोहोरिने गरेको स्थानीयवासी फुर्वा शेर्पाको भनाइ छ ।

देशकै पर्यटकीय गन्तव्य मानिएको सन्दकपुर डाँडामा सन्दकपुर गाउँपालिकाले निर्माण गर्न थालेको दृश्यावलोकन स्तम्भ निर्माणमा पनि एसएसबीले रोक लगायो । त्यो स्तम्भ बन्दै गरेको जग्गा नेपालकै भए पनि एसएसबीले आफ्नो भन्दै रोक लगाउने गरेको छ । सन्दकपुरलगायत विभिन्न स्थानमा भारतीय पक्षले पनि सीमा क्षेत्रमा संरचना बनाइरहेको छ ।

विसं २०६४ को संविधानसभा निर्वाचनताका भारतले सुरक्षाका लागि भन्दै तीन÷तीन किलोमिटरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को बिओपी राखेको थियो । भारतले कतिपय स्थानमा दशगजाभित्रै पनि एसएसबी क्याम्प राखेको छ । इलाममा नेपाल–भारत सिमानामा पर्ने ठाउँमा एसएसबीले दशगजाभित्रै पाल टाँगेको बताइएको छ । उनीहरु हतियार लिएर नै बस्ने गरेको समेत बताइन्छ । भारतले बारम्बार सीमा मिचेर संरचना बनाइरहन्छ तर नेपाली भूभागमा संरचना बनाउँदा पनि पटकपटक रोक लगाउने र दुःख दिइरहने गरेको स्थानीयवासीको भनाइ छ ।

मानेभञ्ज्याङमा नेपाल र भारततर्पm दशगजा क्षेत्रमा घर बनेका छन् । पशुपतिनगरको फाटकमा भारतीय तर्फबाट दशगजा क्षेत्रमा गुम्बा बनाइएको छ । गुम्बा बन्न थालेपछि नेपालतर्पmबाट पटकपटक पहल गरिएको भनिए पनि संरचना बनाएरै छाड्यो । केन्द्रबाटै नापी टोली आएर नाप्दा पनि त्यो स्थान दशगजाभित्रै देखिए पनि संरचना बनाउन रोकिएको छैन ।

इलामसँगै पूर्वको झापा गौरीगञ्जदेखि इलामको रोङ सीमावर्ती पाटापुरसम्मको १४४ किलोमिटर र इलामको सन्दकपुरदेखि पाँचथर हुँदै ताप्लेजुङको कञ्चनजङ्घा हिमालसम्मको सीमा क्षेत्रमा जहिल्यै समस्या आउने गरेको छ । सीमा गासिएकै कारण भारतीय सुरक्षा बल एसएसबीको दबदबामा सबैभन्दा धेरै सन्दकपुर गाउँपालिकासहित सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिका छन् । यी स्थानीय तहमा सीमावर्ती क्षेत्रमा नेपाल सरकारमार्फत तोकिएका पूर्वाधार र विकास निर्माणका काम अघि बढ्न सकिरहेका छैनन् । निर्माणाधीन अवस्थामा रहेका कतिपय पूर्वाधार अहिलेसम्म पनि अधुरै देखिएका छन् ।

विसं २०५८ मा पशुपतिनगरको हिले क्षेत्रमा नै भारतीय पक्षले रातारात नेपालीका सात घरलाई समेत आफ्नोमा पार्ने गरी पिल्लर सारेको सीमा क्षेत्रका स्थानीयवासी स्मरण गर्छन् । आफूले भोगेका समस्या खुलेर कुरा गर्नसमेत समस्या भएको सीमाका बासिन्दाको भनाइ छ । विसं २०६५ मा सूयोदय नगरपालिकाको श्रीअन्तुको गुफापातल क्षेत्रमा क्याम्पको क्षेत्र एकीन गर्ने भन्दै नेपाली भूमिमा भारतीय पक्षले बारबेरा शुरु गरेको थियो । त्यहाँ पनि नेपालीको तीव्र विरोधका कारण भारतीय पक्ष पछि सर्नुपरेको थियो ।

सीमा क्षेत्रको सुरक्षाका लागि नेपाल सरकारले सशस्त्र प्रहरी बलको बोर्डर आउटपोष्ट राख्नेक्रम निरन्तर छ । इलाममा मात्र यस वर्ष पाँच बिओपी स्थापना भए । जिल्लाका सीमा क्षेत्रमा पर्ने सात स्थानमा सशस्त्र प्रहरीका बिओपी स्थापना भइसकेका छन् । सशस्त्र प्रहरीले मात्र सीमाको रक्षा गर्न कठिन भएको बताइएको छ । अझै केही अन्य स्थानमा पुनः बिओपी थप गर्ने लक्ष्य लिइएको छ ।

पहिला गाडिएका सीमास्तम्भ कतिपय भारतीय पक्षले गायब गरिसकेको छ भने कतिपय आधा खनेर छोडिएको छ । सीमावर्ती क्षेत्र इलाममा मात्र ३७ सीमास्तम्भ छैनन् । यो क्षेत्रमा मुख्य (जङ्गे) पिलर १७ हुनुपर्नेमा १६, सहायक पिलर ८३ हुनुपर्नेमा ७२ रहेको बताइएको छ । सानो पिलर ४६ हुनुपर्नेमा २१ मात्र भएको बताइएको छ । सीमा पिलर नै कतिपय ठाउँमा गायब भएका कारण पनि सीमामा समस्या बल्झिने गरेको छ ।

Advertisement

भारतीय पक्षबाट गुगल म्याप लिएर सिमाङ्कनका लागि अघि बढ्दा समस्या थपिने गरेको छ । यसबारेमा दिगो समस्या समाधानको उपाय खोज्नुपर्ने सूर्योदयका नगर प्रमुख रणबहादुर राईले बताए । सीमा क्षेत्रमा खट्ने सशस्त्र प्रहरीका अधिकृतले भने पूर्वमा त्यति धेरै समस्या नभएको बताउने गरेका छन् ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top