×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-03-2026 || Nepal Times
May 03, 2026
Playing
Iranको प्रस्तावमा समिक्षा गर्दै Trump, १४ बुँदे प्रस्तावमा के छ ? || Nepal Times
May 03, 2026
Playing
इरानले भन्योः अमेरिकासँग फेरि यु*द्ध सुरु हुन सक्छ|| Nepal Times
May 03, 2026
Playing
बालेनका साथीकै घरको छैन् लालपुर्जा, ’तीन तले घर’ भन्दै भाइरल|| Nepal Times
May 03, 2026
Playing
यो साताभर वर्षा, गण्डकी बढी प्रभावित, मौसम तत्काल सुधार नहुने || Nepal Times
May 03, 2026
Playing
सगरमाथा शिविरमा अमेरिकी दूतले गरे कार्गो ड्रोन सार्वजनिक, उद्येश्य के ?|| Nepal Times
May 03, 2026
Playing
के फेरि जाग्लान त पुराना मधेसवादी दल मधेसमा ? || Nepal Times
May 03, 2026
Playing
ईयूका कार–ट्रकमा २५% ट्यारिफ, व्यापार युद्ध फेरि चर्किने संकेत|| Nepal Times
May 03, 2026
Playing
१५ सय ९४ राजनीतिक नियुक्ति एकै पटक खारेज || Nepal Times
May 03, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
May 02, 2026

अमेरिकी इतिहासको एउटा नयाँ ‘शक्ति हस्तान्तरण’

५ माघ, काठमाडौं ।

चार वर्षअघि राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले सपथ लिएपछि क्यापिटल हिलको पूर्वतर्फ रहेको हेलिप्याडबाट तत्कालीन राष्ट्रपति बाराक ओबामा मेरिल्याण्डमा रहेको एन्ड्रियुस ज्वाइन्ट् बेस क्याम्पको लागि उडे । त्यो दृश्य बडो आकर्षक र भावुक पनि थियो । उनलाई त्यहाँबाट गरिएको विदाइको यो एक दृश्यमा धेरै क्यामेराका फोकल लेन्सहरु उनीतर्फै तेर्सिएका थिए । प्रत्यक्ष प्रशारण हेर्ने दर्शक पनि त्यो दृश्यले भावुक थिए ।

Advertisement
Advertisement

त्यस समय ओबामालाई यसरी भव्य समारोहबीच विदाई गरेका वर्तमान राष्ट्रति डोनाल्ड ट्रम्पले यसपटक भने त्यसरी विदाई नलिने भएका छन् । उनले आफू राष्ट्रपति जो बाइडेनको सपथ समारोह (इन्यागुरेसन सेरेमनी) मा सहभागी समेत नहुने बताएका छन् । जसका कारण यसपटक भने नयाँले अघिल्लो कार्यकालका राष्ट्रपतिलाई विदाई गरेको यो बडो आकर्षक दृश्य देखा नपर्ने प्रायः निश्चित छ । यही २० जनवरीमा हुन लागेको सो समारोहमा आफू उपस्थित हुन्छु भनी राष्ट्रपति ट्रम्पले पुनः भन्नुभएछ भने कुरा बेग्लै भयो, अन्यथा त्यो दृश्य नदेखिने अमेरिकी ‘मिडिया’का रिपोर्टिङमा आइरहेकै छ ।

त्यो विदाई एक किसिमको शक्ति हस्तान्तरणको आकर्षक र महत्वपूर्ण संयोग पनि हो । यस क्षणले नयाँ राष्ट्रपति आउने र अघिल्लो कार्यकालका निवास फर्किने मात्र सन्देश दिँदैन कि अमेरिकामा सत्ता हस्तान्तरणसँगै पूर्व र वर्तमानका बीचको आपसी सौहार्दता, प्रजातान्त्रिक संस्कार र नागरिकको निर्णयको सर्वोच्चताको ऐतिहासिक सन्देश पनि सम्प्रेषण गर्ने गर्दछ । तर यसपटक यो किन नहुने देखिन्छ भने जो बाइडेनको सपथमा नजाने बताइसकेका ट्रम्पले बाइडेनबाट यस्तो विदाई पाउने सम्भावना छैन या न्यून छ । त्यसो त राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपति बाइडेनलाई बधाईसम्म पनि दिएका छैनन् । यसैले पनि उनले यो भव्य समारोहमा उपस्थिति नजनाउने बताइएको होला ।

शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने क्रममा ओबामाले ओभल अफिसको एक घर्रामा एउटा हस्तलिखित पत्रमा यस्तो लेखेका थिए, ‘यो एक अद्वितीय र अतुलनीय कार्यालयमा म जस्तो एक सामान्य व्यक्तिलाई पनि काम गर्ने मौका मिल्यो, जुन हामीहरुको लागि बडो ठूलो सौभाग्य हो ।’ उनले लेखेको सो पत्रमा कानूनी राज्य, शक्ति पृथकीकरणको सिद्धान्त र नागरिकको सर्वोच्चतालाई सदैव आत्मसात गर्नुपर्दछ भनी उल्लेख गरिएको छ ।

तर नागरिक सर्वोच्चताको ओबामाको सो उद्गार अहिलेका राष्ट्रपति ट्रम्पबाट भने आउने जस्तो प्रायः देखिन्न । बरु त्यो सर्वोच्चता भत्किएको अवस्था देखिँदैछ । गत जनवरी ६ मा राष्ट्रपति ट्रम्पकै समर्थकले मुलुकको संसद भवन क्यापिटल हिलमा गरेको आक्रमणले नागरिक सर्वोच्चतामाथिको राष्ट्रपतिको निष्ठामाथि नै सन्देह पैदा गरेको मात्र होइन अमेरिकी इतिहासका लागि सदा यो प्रश्न थपिदिएको छ । यसैकारण पनि उनले कार्यकाल सकिन केबल हप्ता दिन बाँकी रहँदासम्म पनि ह्वाइट हाउसमा महाभियोग खेप्न विवश हुन्छन् । विश्वको एक सर्वाधिक शक्तिशाली व्यक्तिले आफ्नो चार वर्षको कार्यकाल सकेपछिको विदाई कस्तो हुँदैछ भन्ने कुरा त बेग्लै भयो ।

अमेरिकाको इतिहासमा नै पहिलो पटक राष्ट्रपतिमाथि दुई महाभियोग दर्ता भए र कंग्रेसले पास पनि गर्यो । उता रिपब्लिकन पार्टीका कम्तीमा १० जना सांसदहरु उहाँ विरुद्धको महाभियोगमा मतदान गर्न तयार भएको भन्दै प्रतिक्रिया दिए र गरे पनि । जनवरी २० को समारोहलाई कसरी राम्रो, आकर्षक बनाउने र आफूले बहिर्गमनअघिको अवस्थाको राम्रोको जस कसरी लिने भनेर तयारी गर्नुपर्ने बेलामा आज उनी महाभियोग र आफ्नै पार्टीका सांसदको समेत विरोधको सामना गर्दै छन् । उनको आलोचना देशभित्र मात्र सीमित छैन कि प्रजातान्त्रिक पद्धतिको उदाहरण दिने गरिएको विश्व समुदायले यतिखेर उनीमार्फत् अमेरिकी नागरिकलाई यसै विषयमा प्रश्न पनि उठाएको छ ।

अमेरिकाको इतिहासमा कमाण्डर इन चिफका समर्थकहरुले संघीय रुपले निषेधित क्षेत्रमा प्रवेश गरेर तोडफोड गर्ने र जनताको मतबाट चुनिएका प्रतिनिधिहरुमाथि धावा बोलिएको भन्दै रिपब्लिकन पार्टीभित्रै आलोचना भएको छ । यसकारण राष्ट्रपतिका बफादार मन्त्रीहरु र रिपब्लीकन पार्टी आबद्ध अन्य वरिष्ट अधिकारीहरुले कार्यकाल नसकिँदै राजीनामा पनि दिएका छन् ।

देशका वरिष्ठ सैन्य अधिकारीहरुले पनि हिंसाको विरोध गरेका छन् । उनीहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरेरै नागरिकले निर्वाचित गरेको नेतृत्वको आदेशलाई सदैव पालना गर्दै आएको र २५० वर्षदेखिको संविधान र अमेरिकी जनताले सैन्य फोर्सलाई विश्वास गर्दै आएको समेत स्मरण गराएका छन् ।

राष्ट्रपति टम्पले निर्वाचनको परिणामलाई अस्वीकार गर्दै निर्वाचित राष्ट्रपति जो बाइडेनलाई बधाई समेत नदिएको अवस्थामा सैन्य जर्नेलहरुले आगामी जनवरी २० मा अमेरिकाको ४६ औँ कमाण्डर इन चिफको रुपमा निर्वाचित राष्ट्रपति जो बाइडनेको सपथ समारोहको दिन पूर्ण सुरक्षा दिने बताएका छन् । उनीहरुको विज्ञप्तिमा भनिएको छ ‘संविधान प्रदत्त, सिनेटले सुनिश्चित गरेको, अदालतले निश्चित गरेको र काँग्रेसले प्रमाणिकरण गरेका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन हामीहरुको ४६ औँ कमाण्डर इन चिफ हुनेछन्, हामी त्यसको पर्खाइमा छौँ ।

संसद भवनमै आक्रमण

राष्ट्रपति ट्रम्पका समर्थकहरुले यही जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमै पुगेर आक्रमण गरे । अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनको विजयलाई संसदको संयुक्त सत्रले प्रमाणीकरण गर्ने कार्यक्रम थियो त्यसैदिन । उता सो कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरुले संसद भवनमा मात्र होइन कि भित्रै पसेर व्यापक हमला गरेका थिए ।

ट्रम्प समर्थकको उक्त कार्य अमेरिकी प्रजातन्त्रको मुटुमै आक्रमण भएको भन्दै सर्वत्र आलोचना भएको छ भने राष्ट्रपति ट्रम्पमाथि सत्ताविद्रोहको प्रयत्न गरेको आरोप समेत लागेको छ । राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली भएको दाबी गर्दै रिपब्लीकन सांसदहरुलाई पटकपटक जो बाइडेनलाई प्रमाणीकरण नगर्न अनुध रोसमेत गरेका थिए । तर ट्रम्पको अनुरोधलाई बेवास्ता गर्दै सांसदहरुले दिनभरको रस्साकस्सीपछि साँझ पुनः प्रमाणीकरणको कार्यलाई अघि बढाए र प्रमाणीकरण गरे ।

यता राष्ट्रपति ट्रम्पका समर्थकको यो हिंसात्मक आक्रमणपछि ट्रम्पकै पक्षमा रहेका कैयौं सांसदले समेत ट्रम्पको साथ छाडेको घोषणा गरे । वासिङ्टन डिसीमा ट्रम्पले आफ्ना समर्थकको एक ¥यालीलाई सम्बोधन गरेलगत्तै उत्तेजक भिडले संसद भवनमा आक्रमण गरेको थियो । उनीहरुले क्यापिटल बाहिर सुरक्षार्थ रहेका प्रहरीलाई पनि छिचोल्दै भित्रै प्रवेश गरेका थिए । त्यस क्रममा प्रहरीले पनि खासै हस्तक्षेप गरेको देखिएन । जसका कारण धेरैको ज्यान जान पाएन । अन्यथा जसरी उनीहरु आक्रामक रुपमा हमलामा उत्रिएका थिए, त्यसैगरी सुरक्षार्थ खटिएको प्रहरीले पनि बल प्रयोग गरेको भए त्यहाँ धेरै ठूलो रक्तपात पनि हुनसक्थ्यो ।

हेर्दाहेर्दै उत्तेजक भिड संसद भवनभित्रै प्रवेश गरेर तोडफोड नै गर्न थालेको थियो । प्र्रदर्शनकारीमध्ये केहीले सभामुख नान्सी पेलोसीको कार्यकक्षमा प्रवेश गरेर को कुर्सीमै बसेर तस्वीर समेत खिचाएका थिए । तर पनि प्रहरीले उनीहरुलाई सामान्य मात्र बल प्रयोग गरेर र कतिलाई त सम्झाइ बुझाइ गरेर क्यापिटलभित्रका आक्रमणकारीलाई बाहिर निकालेको थियो । अमेरिकी सञ्चारमाध्यमले भनेका छन् कि यसरी ती आक्रमणकारीलाई बाहिर निकाल्न मात्र प्रहरीलाई चार घण्टा लागेको थियो । प्रहरीले उक्त घटनामा धरपकड गर्ने चार जनाको मृत्यु भएको जनाएको छ ।

यही २० जनवरीमा अमेरिकाको राष्ट्रपति पदको सपथ लिन लागेका जो बाइडेनले उक्त हिंसालाई एउटा राज्य विद्रोह भनेका थिए । उनले अमेरिकाको इतिहासको सम्मानित प्रजातन्त्र एक अभूतपूर्व आक्रमणको निशानामा परेको प्रतिक्रिया पनि दिए । उनले आफ्नै गृहराज्य डेलावेयरबाट भनेका थिए कि “यो कुनै पनि खाले प्रजातन्त्रमा हुने मतभेद या असहमति मात्र होइन, यो त अराजकताको पनि पराकाष्ठा हो । यो अव्यवस्था हो, यो राज्य विद्रोह सरहकै अपराध हो ।

महाभियोग बोकेर फर्किँदै ट्रम्प

राष्ट्रपति ट्रम्पमाथि अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले दोस्रोपटक महाभियोग प्रस्ताव पारित गरेको छ । यसरी अमेरिकी इतिहासमै दुईपटकसम्म महाभियोग लाग्ने पहिलो राष्ट्रपति पनि डोनाल्ड ट्रम्प नै बन्नुभएको छ ।

अमेरिकी संसद् भवनमा राष्ट्रपति ट्रम्पका समर्थकहरूले आक्रमण गरेपछि उनीविरुद्ध अमेरिकाका डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए । महाभियोगको सार्वजनिक मत परिणामअनुसार महाभियोग प्रस्तावको पक्षमा दुई सय ३२ मत परेको छ । महाभियोग लगाउन दुई सय १७ मत आवश्यक थियो । यहाँको हाउस अफ रिप्रेजेन्टेटिभ्समा डेमोक्र्याट पार्टीका दुई सय २२ जना सदस्य रहेका छन् ।

त्योभन्दा पनि बढी राष्ट्रपति ट्रम्पको रिपब्लिकन दलका पनि १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेका थिए । महाभियोगको प्रस्तावको विपक्षमा भने एक सय ९७ जना रिपब्लिकन सांसदले मत दिएका थिए । अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभ्सले सन् २०२० मै पनि उनका विरुद्धमा महाभियोगको प्रस्ताव पारित गरेको थियो । तर त्यस समयमा भने उनको दल रिपब्लिकनका तर्फबाट एकजना पनि सांसदले महाभियोगको पक्षमा मत दिएका थिएनन् ।
यस पटकको दृश्य उनका विरुद्धमा फेरिएको देखियो । सायद जसरी यहाँको डेमाक्र्याट पार्टी होस् या विश्वका देशहरुले पनि अमेरिकाजस्तो देशमा पनि यसरी राष्ट्रपतिकै उक्साहटमा संसदमै हमला गर्ने काम जसरी भयो त्यसले राष्ट्रपति ट्रम्पकै दल रिपब्लिकनका सदस्यहरुलाई पनि अप्ठेरो लागेको हुनुपर्छ ।

अमेरिकी संसद्को तल्लो सदनले पारित गरेको सो महाभियोग प्रस्ताव अब यहाँको माथिल्लो सदन अर्थात् सिनेटबाट पनि पारित हुनुपर्नेछ । उक्त प्रस्ताव पारित हुन सिनेटको मतको दुईतिहाइ आवश्यक हुन्छ । यस प्रयोजनका लागि सिनेटमा कम्तीमा पनि १७ जना रिपब्लिकन सिनेटर ट्रम्पको विपक्षमा अर्थात् महाभियोगको पक्षमा उभिनुपर्नेछ । तर, यो सम्भावना भने निकै कम देखिन्छ । अब उनको बहिर्गमन दुई दिनमात्र बाँकी रहेकाले सिनेटले पनि यस विषयमा अब मतदान नगर्ला ।

राष्ट्रपति ट्रम्प सबै अमेरिकी नागरिकको सद्भाव र माया भन्दा पनि आफ्नो कार्यकाल सकेर निवास फर्किँदा अभियोग बोकेरै फर्किनुहुने भएको देखिएको छ । त्यसो त उनीमाथि सदैव आउने नागरिक सर्वोच्चताको प्रश्न आउने नै छ । लोकतान्त्रिक मूल्य मान्यता र प्रजातान्त्रिक संस्कार अमेरिकीले कसरी ग्रहण गर्छन् र तेस्रो विश्वलाई सिकाउँछन् भन्ने प्रश्न पनि अब अमेरिकीहरुले संसारका विभिन्न भूगोगमा पुगेर सामना गर्नुपर्ने पनि हुनसक्छ । यी सबै प्रश्नहरु कति आफूसँग, कतिपय अमेरिकी जनताको मन मष्तिष्कमा र केही ह्वाइट हाउसमै थाँती राखेर फर्किदैछन् राष्ट्रपति ट्रम्प ।

Advertisement

अनि ‘ओभल अफिस’को घर्रामा बाराक ओबामाले हातैले लेखेको अनुभव मिश्रित चिठीमा जस्तो नागरिक सर्वोच्चताको सम्मानको भाषा भने सायद उनको अनुभव पत्रमा नपर्न सक्छ । अर्को कुरा अहिलेको विश्वका नागरिक अभिव्यक्ति स्वतन्त्रताका सारथि बनेका फेसबुक ट्वीटरलगायतका सामाजिक सञ्जालहरुले उनका अभिव्यक्तिलाई असामाजिक भनेर प्रतिबन्धित गरिसकेका छन् । जसका कारण लगभग घन्टाघन्टामा ‘अपडेट’ गर्ने गरिएको उनको ट्वीटर अकाउन्टमा आफू ह्वाइट हाउसबाट निस्किन लागेको तस्बिर पोष्ट गर्ने स्थान पनि अहिलेलाई उनले सुरक्षित राख्न सकेनन् । यसैले अमेरिकी इतिहासमै यो एउटा नयाँ प्रकारको सत्ता ‘शक्ति’ हस्तान्तरणको उदाहरणका रुपमा रहनेछ ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top