केयूको उपकुलपतिमा माकाजुसहित तीन जना सिफारिस

६ माघ, काठमाडौं ।
काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा रामकण्ठ माकाजू, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति माकाजू, पूर्वरजिस्ट्रार थापा र प्राध्यापक लुइँटेलको नाम सिफारिस गरेको स्रोतले जनायो ।

यी नामबाट एक जनालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् । माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ । मेडिकल स्कुलका प्राध्यापक उनी विभिन्न विवादमा मुछिँदै आएका छन् ।

उनीमाथि आर्थिक अनियमितताको समेत आरोप लागेको छ । पूर्वरजिस्ट्रार थापाले माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै २०७५ मा पदबाट राजीनामा दिएका थिए । उनी स्कुल अफ इन्जिनियरिङका प्राध्यापक हुन् ।

उनी यसअघि पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए । केयू विश्वविद्यालय सभाका सदस्यसमेत रहेका लुइँटेल स्कुल अफ एजुकेसन (शिक्षा) का प्राध्यापक हुन् ।

स्रोतका अनुसार विभिन्न १० वटा मापदण्ड तय गरेर छनोट समितिले यी नाम सिफारिस गरेको हो । केयूको उपकुलपति बन्न ४४ आकांक्षीले सिफारिस समितिलाई आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए ।

सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । केयूमा उपकुलपति नियुक्ति गर्न सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक थियो ।

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । उनीहरूले तेस्रो कार्यकाल पनि माकाजूलाई नै उपकुलपति बनाउन जोड बल गर्दै आएको स्रोतको दाबी छ ।

शर्मा र ढुंगानालाई पटक–पटक सिफारिस समितिमा राखिएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् । केयूका प्राध्यापक–कर्मचारीले भने एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने माग गर्दै आएका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत कार्यक्षमता र मापदण्डका आधारमा पारदर्शी तरिकाले उपकुलपति नियुक्त गर्न माग गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top