×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

तराईमा चिसो छल्न बालिएको घुरले ज्यान लिँदै

६ माघ, सिरहा ।
चिसो छल्न बालिएको घुरबाट आगो सल्केर गत शनिबार सिरहाको बरियारपट्टि गाउँपालिका–१ का ८५ वर्षीया प्रयागीदेवी साहको ज्यान गयो।

घुरमा आगो ताप्ने क्रममा कपडामा आगो सल्किँदा जलेर घाइते साहलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो ।

Advertisement
Advertisement

त्यसको केही दिनअघि पुस २२ गते सिरहाको मिर्चैया नगरपालिका–७ मा एक नबालकको घुरको आगोमा जलेर ज्यान गयो । मिर्चैया नगरपालिका– ८ का रसिद राइनको ८ वर्षीय छोरा जावीर राइनको आगोमा जलेर मृत्यु भएपछि गाउँमा रुवावासी नै चल्यो ।

यसअघि घुरकै आगोमा जलेर सप्तरीको राजविराज नगरपालिका बोरियाका ८५ वर्षीय वृद्धको मृत्यु भएको थियो । यसरी शीतलहर बढ्दै जाँदा घुर बालेर आगो ताप्ने क्रम बढेसँगै आगोमा जलेर मृत्यु हुनेको सङ्ख्या सिरहामा बढ्दै गएको छ ।

शीतलहरका कारण विगत एक महिनाको अवधिमा सिरहामा मात्रै तीनजनाको मृत्यु भएको छ भने १० जना आगोमा जलेर घाइते भएर उपचार गराइरहेको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

चिसोका कारण कर्जन्हा नगरपालिका–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, मिर्चैया नगरपालिका–७ का ८ वर्षीय जावीर राइन र बरियारपट्टि गाउँपालिका–१ की प्रयागदेवी साहको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ ।

गएको पुसको दोस्रो हप्तादेखि अहिलेसम्मको अवधिमा उनीहरुको ज्गान गएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए । तीनै जनाको घुरमा आगो ताप्ने क्रममा नै जलेर मृत्यु भएको उनको भनाइ छ ।

चिसो छल्न बालिएको घुरमा आगो ताप्ने क्रममा जलेर १० जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रजिअ कँणेलले जानकारी दिए ।

बढीजसो आगो ताप्ने क्रममा मानिसको मृत्यु भएको छ, उनले भने, जाडो महिनामा न्यानो हुन तराईमा घुर आगो ताप्ने चलन छ तर आगो ताप्दा सचेतता नअपनाएकै कारण धेरैजसोको ज्यान जाने गरेको छ । त्यसैले चिसो छल्न बालिएको घुरमा आगो ताप्दा होस पुर्याउनुपर्ने उनको भनाइ छ ।

अत्यधिक चिसो र शीतलहरबाट प्रभावित विपन्न, दलित परिवारका लागि घुर चिसो छल्ने माध्यम भए पनि आगो ताप्ने क्रममा सावधानी नअपनाउँदा आगलागीको घटनासमेत वृद्धि भएको छ ।

गएको मङ्सिरको अन्तिमहप्ताबाट चिसो क्रमशः बढ्दै गएको छ । चिसो छल्न बालिएको घुरबाट अहिलेसम्म सिरहाको मिर्चैया, भगवानपुर, लहानलगायत आधा दर्जन स्थानमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ती आगलागीका कारण करीब तीन करोड रुपैयाँभन्दा बढीको धनमालको क्षति भइसकेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले बताए।

जिल्लामा भएका अधिकांश स्थानमा भएको आगलागीको प्रमुख कारण नै घुर हो, प्रहरी नायब उपरीक्षक शर्माले भने, बिहान र बेलुका गाईगोठमा घुर बाल्ने गर्छन् तर बिर्सेर आगो राम्ररी निभाउँदै, बिर्सेर अरू काममा व्यस्त हुँदा आगलागीको घटनाहरु हुने गरेको छ ।

सिरहाको अधिकांश स्थानमा भएको आगलागीको घटनाका प्रमुख कारण नै घुर हो । तर पनि यसको नियन्त्रण, जोखिम न्यूनीकरण र व्यवस्थापनमा भने खासै ध्यान दिएको पाइँदैन । घुरबाट हुने आगलागीमा परेर मृत्यु हुनेको यर्थाथ तथ्याङ्क नभए पनि यसबाट नेपालमा बर्सेनि धेरै मानिसले ज्यान गुमाउँछन्, सयौं घाइते र अर्बौंको क्षति हुन्छ ।

घरबाट हुने आगलागीकै कारण धेरै घरगोठ जलेर घर नष्ट हुने गरेका छन् भने यसबाट हुने क्षतिको अनुपात वार्षिक रूपमा करिब तीन गुणाले बढ्दै गएको अनुमान छ ।

साथै केटाकेटीले जथाभाबी आगो खेलाउँदा पनि आगलागी हुने गरेको उनको भनाइ छ । घुर कसैका लागि चिसो छल्न आधार बन्दा कसैकसैका लागि अभिशाप बन्ने गरेको छ ।

त्यसैले चिसोको समयमा सही ढङ्गबाट घुर बाल्न र आगलागीको घटनामा कमी ल्याउन सरोकारवाला निकायहरुले जनचेतना जगाउनुपर्ने नागरिक समाजका रामानन्द गुप्ताले बताए ।

गाउँघरमा अझै यो विषयमा चेतना छैन, त्यसैले लापरबाही हुँदा एकै छिनमा अकल्पनीय घटनाहरु भइरहेका छन्, उनले भने, त्यसका कारण चिसोका मौसममा घुर बाल्दा के के कुरामा सावधानीहरु अपनाउने ? चिसोबाट कसरी जोगिने ? लगायतका विषयमा सरोकारवालाले नागरिकलाई सचेत बनाउनुपर्छ ।

Advertisement

अनि मात्रै वर्षेनि हुने आगलागी र जलेर अनाहकमा हुने मृत्युको घटनामा कमी ल्याउन सकिने उनको कथन छ ।(रासस)

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top