NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ? बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड बिहिबार असार १९ , २०८२
रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह  बिहिबार असार १९ , २०८२
विवाहको दुई हप्ता नबित्दै लिभरपुलका जोटाको निधन बिहिबार असार १९ , २०८२
Next
Prev

समाचार

सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो

मङ्लबार माघ ६ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
सिमसार सूचक मानिने जलपक्षीको सङ्ख्या यो वर्ष घट्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

६ माघ, काठमाडौं ।
नेपालमा यो वर्ष सिमसार सूचक मानिने जलपक्षीहरुको संख्या कम देखिएको छ।

गएको १८ पुसदेखि ५ माघसम्म गरिएको गणनाको प्रारम्भिक तथ्याङ्कमा जलपक्षीको संख्या कम देखिएको हो। गणनामा कोशी नदीमा ६२ प्रजातिका १९ हजार ५४४ जलपक्षीको रेकर्ड भएको छ।

कोशी पक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार कोशीमा सन् २०१९ मा ५८ प्रजातिका २१ हजार ७४४ र २०२० मा ६१ प्रजातिका १६ हजार १२ जलपक्षीको रेकर्ड गरिएको थियो।

Advertisement

यसैगरी जगदीशपुर रामसार क्षेत्रमा पनि गत वर्ष १५ हजार ४९६ को सङ्ख्यामा रेकर्ड भएका पानी चरा यस वर्ष १२ हजार ४७६ मात्र गणना भएको नेपाल पक्षी संरक्षण सङ्घका जीवविज्ञ देउबहादुर रानाले बताए।

चितवनमा पनि यस वर्ष जल चराको प्रजाति कम देखिएको बर्ड एजुकेशन सोसाइटीका अध्यक्ष रमेश चौधरी बताउँछन्। कर्णाली नदी र बढैया ताल क्षेत्रमा पनि चराको सङ्ख्या विगतभन्दा कम देखिएको बर्दिया नेचर क्लबका अध्यक्ष राम शाहीको भनाइ छ।

यस वर्षको गणनामा पोखरा उपत्यकाका लागि नयाँ प्रजाति मण्डारिन हाँस, कोशीका लागि नयाँ प्रजाति पहेँलो ठुँडे कल हाँस, बर्जु तालमा नेपालका लागि दुर्लभ बैकालगैरी र जगदीशपुरमा पनि नेपालका लागि दुर्लभ थोप्ला चुच्चे नादुन हाँस अभिलेख भएको नेपाल पक्षी संरक्षण सङ्घका संरक्षण अधिकृत कृष्णप्रसाद भुसालले जानकारी दिए।

जलपक्षीहरुका प्रजाति र सङ्ख्यामा गिरावट आउनु चिन्ताको विषय भएकाले बेलैमा संरक्षणका कदम चाल्नुपर्ने विज्ञहरुको भनाइ छ।  हिउँदको चिसो बढेसँगै चराहरूको बसाइँसराइ हुने यस समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको विवरण र अवस्था पत्ता लगाउन तथा सङ्ख्याको अद्यावधिक गर्न जलपक्षीको गणना गरिएको थियो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाल पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति र स्थानीयस्तरमा चरा तथा जैविक विविधता संरक्षणको क्षेत्रमा काम गर्ने संस्थाको समन्वयमा गरिएको गणनाको विश्वव्यापीरुपमा समन्वय वेटल्यान्ड इन्टरनेशनल संस्थाले गरेको थियो।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ। हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ। ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ।

हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन्।  सिमसार र आसपासको क्षेत्रमा प्रजनन गर्ने, चरन गर्ने र आफ्नो अधिकांश समय व्यतीत गर्ने चराका प्रजातिलाई पानी चरा अथवा जलपक्षी भनिन्छ।

नेपालमा १०० भन्दा बढी प्रजातिका जलपक्षी रहेको र त्यसमध्ये अधिकांश पाहुना चरा रहेको बताइन्छ। यस गणनामा स्थानीय समुदाय र सरोकारवाला निकायलाई सहभागी बनाई संरक्षणमा जनचेतना अभिवृद्धिसमेत गर्ने उद्देश्य रहेको गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए।

मुलुकभरका पाँच दर्जनभन्दा बढी सिमसार क्षेत्र, तालतलैया र नदीमा गणना गरिएको उनले बताए। वेटल्यान्ड इन्टरनेशनलको अगुवाइमा विश्वभर नै यही समयमा जलपक्षी गणना हुने भएकाले विश्वभरकै जलपक्षीको सङ्ख्या आङ्कलन हुने बताइन्छ।

नेपालका सिमसार क्षेत्रमा यति वेला विभिन्न प्रजातिका हाँस, बकुल्ला, लामा आउले, सुडसुडियलगायत प्रजातिका चरा बढी देखिन्छन्।  सन् १९८७ देखि नेपालमा पनि हुँदै आएको यो गणनामा जलपक्षीका प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएका समस्याजस्ता जानकारीको अभिलेख राखिन्छ।

गणनापछि मुुलुकभरबाट प्राप्त तथ्याङ्क सङ्कलन गरी प्रतिवेदन तयार गरेर विभागलाई बुझाइने राष्ट्रिय संयोजक डा। बराल बताउँछन्।  सङ्घका अनुसार नेपालमा ८८६ भन्दा बढी प्रजातिका चरा पाइन्छन्।

त्यसमध्ये १५० भन्दा बढी हिउँदमा र ६० भन्दा बढी चरा गर्मीयाममा नेपाल आउने पाहुना चरा हुन्।

खासगरी उत्तरी ध्रुवमा हिमपातको शुरुआतसँगै अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा वर्षेनी करीब १५० प्रजातिका चरा उत्तरी मुलुक रुस, किर्गिजस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपाल आउँछन्।

यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक पानी चरा सिमसार क्षेत्रमा नै आफ्नो समय व्यतीत गर्दछन्। पाहुना चराको दिगो संरक्षण, तिनको आहार, बासस्थान र उडान मार्गको सुरक्षा साथै आश्रयस्थलका लागि मुलुकका सिमसारको दिगो संरक्षण तथा व्यवस्थापन गर्नु आवश्यक रहेको सङ्घका संरक्षण अधिकृत भुसालले बताउँछन्।

चराको बसाइँसराइ मौसमअनुसार फरकफरक हुन्छ। हिउँदेयामको बसाइँसराइ सबैभन्दा लामो दूरीको हुन्छ। ग्रीष्मयामको बसाइँसराइ तुलनात्मकरूपमा कम दूरीको हुन्छ। हिउँदेयाममा तराईका तालतलैयामा बाहिरबाट आएका हाँस प्रजातिका चरा बढी देखिन्छन्।

हिउँदेयामको बराइँसराइ असोजको शुरुदेखि माघसम्म हुन्छ। हिउँदे आगन्तुक चराले अधिकांश समय कोशीटप्पु, बिसहजारी ताल, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटाका ताल क्षेत्र तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा व्यतीत गर्छन्।

सिमसार क्षेत्रको सङ्कुचन तथा विनाश, उडान मार्गमा हुने अवरोध, कृषिमा रासायनिक मलको बढ्दो प्रयोग, जलस्रोतमा विषादीको प्रयोग, अवैध चरा शिकार तथा व्यापार, बदलिँदो तापमान र मौसम परिवर्तनजस्ता कारणले जलपक्षीको संरक्षणमा चुनौती थपिएको संरक्षणविद्हरुको भनाइ छ।(रासस)

लोकप्रीय

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२

विचार

थप समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान
ताजा समाचार

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?
अन्तर्राष्ट्रिय

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 
ताजा समाचार

रुपन्देहीमा हुदैछ मिनी जनमत संग्रह 

बिहिबार असार १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

World News:फोर्डोको नयाँ तस्बिर सार्वजनिक, अमेरिकामा चिनियाँ जासुस पक्रा*उ || Nepal Times

00:18:31

World News: Ukraineलाई Trumpले अब ह*तिया*र नदिने, उत्तराधिकारीबारे दलाई लामाको घोषणा || Nepal Times

00:17:39

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

हिमताल विस्फोटको क्षति रोक्न नेपाललाई  ५ अर्ब अनुदान

बिहिबार असार १९ , २०८२
चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

चीनमा बन्दैछ मिलिट्री शहर, तेस्रो विश्वयुद्धको तयारी ?

बिहिबार असार १९ , २०८२
७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

७ नम्बर जर्सीसहित रियल मड्रिड रंगशालामा ओलीको राउण्ड

बिहिबार असार १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.