प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई हेर्दाहेर्दैमा

६ माघ, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई हेर्दाहेदैमा राखेर भोलिका लागि तोकिएको छ । सर्वाेच्च अदालत संबैधानिक इजलासमा भइरहेको अन्तिम सुनवाईमा रिट निवेदक तर्फका कानुन व्यवसायीहरु बहस जारी छ ।

आज रिट निवेदन तर्फका कानुन व्यवसायीहरुकै बहस नसकिएपछि सुनुवाई हेर्दाहेर्दैमा राखेर भोलिका लागि तोकिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज कानुन व्यवसायीहरु शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्क बहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए ।

Advertisement

संवैधानिक इजलासमा भइरहेको वहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयले बैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाई गरिरहेको छ ।

Advertisement

विघटनविरुद्ध परेको रिटमा भइरहेको विषय केन्द्रित बहसमा हालसम्म ११ जना कानुन व्यवसायीले बहस गरेका छन् । रिट निवेदनमाथिको सुनुवाई लम्बिएपछि संबैधानिक इजलासले विषय केन्द्रित र संक्षिप्त बहस गर्न कानुन व्यवसायीसँग आग्रह समेत गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिट निवेदनमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाई भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top