NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो शुक्रबार कार्तिक ७ , २०८२
सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने शुक्रबार कार्तिक ७ , २०८२
ओली ग्याङको घेरा बन्दीमा एमाले शुक्रबार कार्तिक ७ , २०८२
बुडापेस्ट वार्ता भङ्ग शुक्रबार कार्तिक ७ , २०८२
Next
Prev

समाचार

निर्वाचन आयोगलाई धम्कीले फरक पार्दैन : पूर्व प्रमुख निर्वाचन आयुक्त (अन्तर्वार्ता)

मङ्लबार माघ ६ , २०७७
Reading Time: 1 min read
A A
निर्वाचन आयोगलाई धम्कीले फरक पार्दैन : पूर्व प्रमुख निर्वाचन आयुक्त (अन्तर्वार्ता)
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

सरकारले गएको पुष ५ गते प्रतिनिधि सभा बिघटन गरे पछि नेपाली राजनीति धु्रविकृत भएको छ । सरकारको कदम सहि र गलत भन्नेहरु दुईभागमा बाँडिएका छन् । सत्तारुढ आफै बिभाजित भएको छ । सरकारले प्रतिनिधि सभाको बिघटन गरि नयाँ निर्वाचनको मिति समेत घोषणा गरेको छ । साथै निर्वाचन आयोगले पूर्व तयारीको कामहरु थालिसकेको छ । यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालले पूर्व प्रमुख निर्वाचन आयुक्त सुर्यप्रसाद श्रेष्ठ सँग अहिलेको समसामयिक विषयमा कुराकानी गरेको छ । कुराकानीको सम्पादित अंश :

अहिलेको राजनैतिक अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
अहिले कोरोनाले मुलुक आक्रान्त छ । यसले समाजमा ठुलै संकट ल्याएको छ । यसको आर्थिक सामाजिक असर गहिरिदै गएको छ । यस सँगै राजनैतिक दलहरुले अर्को राजनैतिक संकट सृजना गरेका छन् । राजनैतिक संक्रमण फैलिएको छ । यस्ते संक्रमण थप्ने नेतृत्व बुद्धिमानी नेतृत्व होइन । समस्या समाधानको उपाय हुँदहुदै राजनैतिक दलले देशलाई संकटमा धकेलेका छन् । बहुलबादी ब्यबस्थामा राजनैतिक दलको भूमिका महत्वपूर्ण हुन्छ । हाम्रोमा त सत्तारुढ दल र बिपक्षि दल दुबैले काम गर्न सकेनन् । दल भित्रको अन्तरकलहले यो संकट आएको हो । जनताले जसलाई विश्वासको मत दिएका थिए उसैले धोका दिए जस्तो भएको छ । ब्यक्तिगत स्वार्थ र पदलोलुपताले नेपाल कम्युनिष्ट पार्टीलाई नै ग्रस्त बनाएको अवस्था छ ।

समस्या नीतिमा भन्दा पनि नियतमा देखियो हैन….?
कम्युनिष्ट पार्टिको नीतिको कुरा त के छ र, कोहि निर्वाचनमा भाग लिएर यहाँ सम्म आए, कोही युद्ध लडे । यद्यपि जनताले दुबै शक्ति एकत्रित हँुदा र स्थायी सरकारको निर्माण होस् भनेर विश्वास गरे, मत दिए । जनताले एकिकृत कम्युनिष्ट पार्टीलाई सत्ताको भार दिएका हुन् । यो सामान्य कुरा थिएन । कम्युनिष्ट पार्टी जनताको मतबाट चुनिएर आएको थियो । यो ठूलो उपलब्धी थियो ।

LS Auto

अहिलेको झगडाले दुई संवैधानिक निकाय विवादमा तानिएको छ यसमा तपाईको टिप्पणी के छ ?
प्रतिनिधि सभा बिघटनको विषय अदालतमा विचाराधिन छ । धेरै टिप्पणी गर्नु उपयुक्त हुदैन । विषय जटिल पनि छ । प्रतिनिधि सभा बिघटन ठीक र बेठीक भन्ने दुई मत छ । पार्टी फुटेर आएको भए अर्कै विषय हुन्थ्यो । पार्टी फुटेको छैन । दलको विषयमा निर्वाचन आयोगले टुङ्गो लगाउनु पर्छ । प्रतिनिधि सभा बिघटनको विषय सर्वोच्चले हेर्छ । प्रधानमन्त्रीको कुरा सुन्दा आफुलाई काम गर्न नै नदिएको अनि प्रतिनिधि सभा बिघटन गर्नुपरेको भन्ने छ । यी सबै विषय अन्तरघुलित छ ।

त्यसो भए यो लडाइ कानूनी हो कि राजनैतिक…यसले निर्वाचन आयोग चेपुवामा पर्छ कि…?
निर्वाचन आयोग पनि संवैधानिक आयोग हो संविधानले तोकिदिएको स्पष्ट क्षेत्राधिकार छ । आयोगका पदाधिकारी सरकारले नियुक्त गरे पनि काम कानून अनुसार नै गर्नुपर्छ । हाम्रो विश्वास पनि छ । लामो समय सार्वजनिक सेवामा काम गरेका अनुभवले खारिएका ब्यक्तिहरुले राजनैतिक चेपुवामा परेर निर्णय गर्छन् भन्नु गलत हुन्छ । आफैले ब्यक्त गरेर देखाए भने अलग कुरा तर आयोग भित्र बसेर निर्णय प्रक्रियामा नै राजनैतिक दलको प्रभाव पर्ने कुरा हुँदैन ।

तर…अहिले सडकमा, भेला,प्रदर्शन मार्फत अदालत आयोगलाई धम्क्याएको देखिन्छ नि हैन…?
यस्ता धम्की खबरदारी धेरै आउँछन् । यसको पछाडी लाग्नु हुदैन । आफ्नो कानूनी प्रकृया पूरा गर्नुपर्छ । निर्वाचन आयोगको निर्णय पछि पनि अदालत जाने ढोका खुला हुन्छ । चित्त नबुझे जान सकिन्छ । धम्कीले केही फरक पर्दैन । यस्तो अवस्थामा राजनैतिक दलले आफै निर्णायक भए जसरी भन्नु हुदैन ।

त्यसो भए निर्वाचन आयोगले सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने हैन र…?
यो प्रश्न धेरैको मनमा छ । मलाई पनि धेरैले सोध्ने गरेका छन् । नेपाल सरकारले दिएको निर्णयमा समयको पावन्दी छ । मिति तोकिएको छ । ६ महिना भित्र निर्वाचन गराउनै पर्ने अवस्था छ । यो अवस्थामा निर्वाचन आयोग निर्णयको बन्दी जस्तै छ । ६ महिना भित्र निर्वाचन हुने नहुने अलग कुरा भयो तर तयारीको सबै काम आयोगले गर्नुपर्छ । २०४७ सालको निर्वाचन मैले नै गराएको हो । समय लगभग ६ महिना थियो । निर्वाचन आयोगले आफ्नो प्रक्रियागत र आन्तरिक तयारी गरिरहेकै हुन्छ । जुनसुकै बेला निर्वाचन हुन सक्छ भनेर तयारी गरेकै हुन्छ । अहिले आयोगलाई दल दर्ताको विषय भने पेचिलो बन्ने दखिन्छ ।

अहिले सडकमा भएको गतिविधिले आयोगलाई कतिको प्रभाव पार्छ ?
सडकमा के हुन्छ, आयोगले सडकलाई किन हेर्ने । आयोगले ऐन नियम कानून हेर्ने हो । तर सडमा उत्रिएका राजनैतिक दल संयमित हुनुपर्छ । कानून भित्र रहेर प्रस्तुत हुनुपर्छ । नेतृत्वमा जवाफदेहिता हुनुपर्छ । भोली आफै सरकार चलाउने ठाँउमा पुग्दा यस्तो समस्या आउँछ भनेर बिचार गर्नुपर्छ । राजनैतिक दलको नेतृत्व धेरै नै जवाफदेही बन्नुपर्ने छ । यो समयको माग हो,जनताको माग पनि हो ।

केही दिन अघि आन्दोलनको नेतृत्व गरिरहेका पूर्व प्रधानमन्त्रीहरु निर्वाचन आयोग नै पुगेर प्रक्रिया रोक्न आग्रह गरे यसलाई कसरी हेर्नुभएको छ ?
आयोगले आफ्नो काम रोक्न सक्दैन । किन रोक्ने, आयोगको धेरै काम प्रकृयागत हुन्छ । प्रकृया नै रोक भन्नु गलत हो । यसरी भन्न मिल्दैन । यस्तो हस्तक्षेपकारी काम गर्नुहुन्न । यस्ता निकायलाई राजनैतिक दलले कार्यकर्ता भर्ना गर्ने थलो जस्तो सम्झन थाले । यस्तो हुनुहुदैन ।

अब यसको निकाश कसरी हुन्छ ?
यस्ता झगडाको निरुपणको एउटा माध्यम प्रजातन्त्रमा मतदान नै हो । यो असामयिक भयो । यो संबैधानिक छ कि छैन भन्ने विषय जटिल छ । अर्को राजनैतिक दलको संचालन विधि खराब भयो । सबै राजनैतिक दलमा यस्तै छ । यो परम्परा जस्तै भएको छ संसद बिघटन गर्ने । पहिले त संविधानमा लेखिएको थियो अहिले त स्पष्ट छैन । संविधानले सरकारलाई बाँधेको हुन्छ, निरंकुश हुन दिदैन । मलाइ लागेको कुरा दलको संगठन बन्ने प्रकृया नै प्रजातान्त्रिक छैन । साथै राजनैतिक दल भित्र शक्ति हस्तान्तरण गर्ने, नयाँ पुस्तालाई स्थान दिने कुरा गौण भयो । यसले लोकतन्त्रको विकासमा बाधा पुगेको छ । यसैको कारण राजनैतिक संस्कारको विकास हुन सकेन । यसरी बुझौं मुलुक लोकतन्त्रमा गयो तर दलहरु अझै लोकतान्त्रिक हुन सकेनन् ।

हो त, अहिले सम्म पार्टीहरुमा निर्दलीय स्वभाव नै छ । एकल पार्टी जस्तो पञ्चायती ब्यबस्था जस्तो । यो झगडाको बिउ पनि यस्तै कुराले हो । गुटबन्दीको झगडा पञ्चायतमा पनि थियो । ठिक यस्तै प्रकृतिको झगडा अहिले राजनैतिक दल भित्र छ ।

धन्यवाद् ।

लोकप्रीय

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

विचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२

थप समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो
ताजा समाचार

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?
ताजा समाचार

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने
अन्तर्राष्ट्रिय

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
पतनको बाटोमा ओली,प्रधानमन्त्री र गृहमन्त्रीलाई दिए धम्की, नेताले दिएनन् साथ
ताजा समाचार

ओली ग्याङको घेरा बन्दीमा एमाले

शुक्रबार कार्तिक ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

विश्वमै इन्धनको भाउ बढ्ने, पुटिनलाई रोक्न सीको शरणमा ट्रम्प || Nepal Times

00:22:07

World News: भेनेजुएलासँग ५००० रूसी मिसाइल, क्यानडाले माग्यो नेतन्याहुको गिरफ्तारी || Nepal Times

00:17:50

World News: उत्तरले हान्यो ब्यालिस्टिक मिसाइल, बेलायती ‘स्टोर्म श्याडो’ रुसी प्लान्टमा|| Nepal Times

00:15:42

World News: पुनर्निर्माणमा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आह्वान || Nepal Times

00:14:56

World News: Russiaमा माओवादी पूर्वलडाकु कमान्डर, कोलम्बियाली राष्ट्रपति ‘लागू औषध नेता’

00:19:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

रास्वपामा कुलमान ल्याउने प्रस्तावले भाँडभैलो,सुमनापछि अब तोसिमा ?

आइतवार कार्तिक २ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

सम्पत्ति छानविनपछि आत्तियो माओवादी,सुशीलालाई भेट्न दूत पुगे

सोमवार कार्तिक ३ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

फेरि जागे जेनजी, माइतीघरमा विना अनुमति धर्ना,प्रहरी पछि हट्यो

शुक्रबार कार्तिक ७ , २०८२
नेपालमा हुन सक्ने ५ शासकीय स्वरुपका मोडल कुन–कुन हुन् ?

सिंहदरबार त कुरुप रैछ,२४ गते भन्दा २३ गते अपूरणीय क्षति

शुक्रबार कार्तिक ७ , २०८२
पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

पुटिनसँग भेट भंग गरेका ट्रम्पले सी लाई भेट्ने

शुक्रबार कार्तिक ७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.