वीरगञ्जबाट झण्डै ८० अर्बको मालसामान भारत निर्यात

५ माघ ७७, मंगलबार

६ माघ, वीरगञ्ज ।

मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष २०७७–७८ को पहिलो ६ महिनामा भारततर्फ ७९ अर्ब ८८ करोड ८ लाख ५२ हजार रुपैयाँ बराबरको विभिन्न मालसमान भारततर्फ निर्यात भएको छ ।

चालू वर्षको साउनदेखि पुससम्मको अवधिमा वीरगञ्ज नाकाबाट भटमासको तेल सबै भन्दा बढी भारततर्फ निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश आचार्यले बताए ।

Advertisement

कोरोना महामरीका कारण चालु आर्थिक वर्षको झण्डै ४ महिना वीरगञ्ज नाकाबाट भारततर्फ हुने निकासी समेत प्रभावित भएको भन्सार प्रशासक आचार्यले बताउनुभयो । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा वीरगञ्ज नाकाबाट मात्रै ११ अर्ब ५५ करोड ८१ लाख ३३ हजार मुल्य बराबरको ७ करोड ८३ लाख ४१ हजार ७ सय २९ किलो भटमासको तेल भारततर्फ निकासी भएको छ ।

वीरगञ्ज नाकाबाट बारा पर्सा औद्योगिक कोरिडोरका १४ ओटा उद्योगले भटमासको तेल निकासी गर्दै आएका छन् । गत आव २०७६–७७ को साउनदेखि पुससम्मको तुलनामा चालू वर्ष निकासी भएको भटमासको तेल मूल्यका आधारमा ३ सय २ प्रतिशतले वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ ।

पाम आयल निकासी रोकिएपछि स्वदेशी तेल उत्पादकहरू भटमासको तेल निर्यातमा केन्द्रित भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक आचार्यले बताए।

त्यसैगरी वीरगञ्ज नाकाबाट डाबर नेपालद्वारा उत्पादित जुस, दन्तमञ्जन, च्यावनप्राससहित कपडा, सेन्थेटिक यार्न, स्पोर्टस सुज, उनी गलैंचा कार्पेट र पिना पनि भारत निकासी हुने मुख्य बस्तु रहेका छन् ।

डाबरको जुस जाम १ अर्ब ६४ करोड ८४ लाख ६० हजार मुल्य बराबरको भारत निर्यात भएको छ भने च्यावनप्रास, त्रिफला, बतिसा ६६ करोड २० लाख १५ हजार मुल्य बराबरको निर्यात भएको छ ।

डाबर दन्त मन्जन मात्रै ५५ करोड ३० लाख २३ हजारको निर्यात भएको छ भने जमोठ कपडा ६६ करोड ६५ लाख ९५ हजार मुल्य बराबरको निर्यात भएको छ ।

यता सेन्थेटिक यार्न ५० करोड २८ लाख ६२ हजार मुल्यको निर्यात भएको छ भने स्पोर्ट सुज नेपालबाट ४८ करोड ४६ लाख ८२ हजार मुल्य बराबरको निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

त्यसैगरी आयुर्वेदिक औषधि, स्टीलका भाँडाकुँडा, कागजका बाकस, सीआर सीट लगायत वस्तु समेत ठूलो परिणाममा भारततर्फ निर्यात हुने गरेको वीरगञ्ज भन्सारले जनाएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top