सुनसरीमा माइक्रोबस र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

६ माघ, विराटनगर ।
सुनसरीमा माइक्रोबस र मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

Advertisement

दुहबी–इनरुवा सडकखण्डको दुहबी नगरपालिका–१० मा दुहबीबाट ईनरुवातर्फ जाँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोबस र दुहवीतर्फ आउँदै गरेको को ३४ प ४६९४ मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरी इनरुवा– ३ का ४४ वर्षीय बिर्ख मण्डल र माइक्रोबसका सहचालक सप्तरी राजविराज– १ का २२ वर्षीय शंकर यादव रहेका छन् । अर्का मृतकको पहिचान खुलेको छैन ।

Advertisement

दुर्घटनामा दश जना सामान्य घाइते भएको जनाइएको छ । उनीहरुको स्थानीय जीवनज्योति मेडिकलमा उपचार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top