पुरुषमा पनि बढ्दै छ स्तन क्यान्सर

काठमाडौँ : पुरुषमा समेत स्तन क्यान्सर बढ्दै गएको पाइएको छ । सामान्यतया स्तन क्यान्सर महिलाको रोग भनिन्छ तर अध्ययनले पुरुषमा पनि बढ्दै गएको देखाएको छ ।

अन्कोलोजिस्ट एवं स्तन क्यान्सर विशेषज्ञ डा. उत्सवमान श्रेष्ठले महिलाको तुलानामा पुरुषमा स्तन क्यान्सर अत्यन्तै कम पाइने भए पनि पछिल्लो समय स्तन क्यान्सर हुने पुरुषको सङ्ख्या बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार स्तनमा भएका कोषिकाले हार्मोन ग्रहण गर्ने प्रक्रियामा गडबडी भयो भने स्तन क्यान्सर हुन्छ । महिलामा हुने एस्ट्रोजेन हार्मोनका कारण पनि स्तन क्यान्सर हुन्छ ।

Advertisement

अर्का अन्कोलोजिस्ट डा. अरुण शाहले महिलालाई बढी हुने भए पनि पुरुषलाई पनि स्तन क्यान्सरको खतरा कम नभएको बताउनुभयो । उहाँका अनुसार पुरुषले स्तन परीक्षण गर्न आवश्यक नठान्ने, लाज मान्ने वा पुरुषमा पनि स्तन क्यान्सर हुन सक्छ भन्ने जानकारी नहुँदा अन्तिम अवस्थामा यस रोगको परीक्षण गराउँछन्, जसले गर्दा पुरुषको मृत्युदर उच्च हुन्छ ।

६० देखि ७० वर्षका पुरुष स्तन क्यान्सरको उच्च जोखिम समूहमा पर्छन् । उहाँले कारण, लक्षण, उपचार तथा रोकथाम महिलाको स्तन क्यान्सरसँग मिल्दोजुल्दो हुन्छ भन्नुभयो । यसबाट पीडित हुने पुरुषको यकिन तथ्याङ्क नभए पनि बर्सेनि करिब १० जनाको शल्यक्रिया हुँदै आएको छ ।

Advertisement

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को प्रतिवेदनअनुसार क्यान्सरका बिरामीको सङ्ख्या अहिलेकै दरमा बढ्दै जाने हो भने आगामी सन् २०३० सम्म संसारमा ७५ वर्ष उमेर पुग्नुअघि नै पाँचमध्ये एक जना पुरुषलाई स्तन क्यान्सर हुनेछ । साथै आठमध्ये एक जनाको मृत्यु क्यान्सरबाट हुनेछ ।

क्यान्सरका सङ्केत
महिला वा पुरुषको स्तनमा गाँठो आउनु स्तन क्यान्सरको सङ्केत हो । क्यान्सरविज्ञ डा। श्रेष्ठले भन्नुभयो, “स्तनमा छाम्दा गाँठो छ भने स्तन क्यान्सर हुन सक्छ । स्तनमा आएका गाँठागुँठी आफैँ छामेर थाहा पाउन सकिन्छ । प्रायः क्यान्सरमा साह्रो किसिमको गाँठो हुन्छ । क्यान्सर स्तनबाट सरेर काखीमुनि पुग्छ, त्यसैले महिलाको स्तन र काखीमुनि गाँठो भेटिनुलाई क्यान्सरको एड्भान्स स्टेज हो । ”
सुरुका चरणमा स्तन क्यान्सर थाहा पाउन कठिन हुन्छ । क्यान्सर बढेर फैलिँदै जाँदा छालामा टाँसिने, रातो हुने, घाउ हुने, दुख्ने जस्ता लक्षण देखिन्छन् । पुरुषको स्तन सानो हुने भएकाले स्तन सुन्निएको बाहिरैबाट देखिन्छ ।

डा. शाहले पुरुषको स्तनमा ट्युमर आउनेबित्तिकै स्तन सुन्निएर बाहिरबाट हेर्दा नै स्तन ठूलो देखिने जानकारी दिनुभयो । उभिएर ऐनामा हेर्दा पनि स्तन सुन्निएको देख्न सकिन्छ । स्तन भुक्क उठेको वा ट्युमर बढेको छ भने क्यान्सर हो कि भन्ने शङ्का गर्न मिल्छ ।

परीक्षण विधि
स्तन क्यान्सर भए नभएको पत्ता लगाउन विभिन्न किसिमले परीक्षण हुन्छ । डा। श्रेष्ठका अनुसार मेमोग्रामले धेरै हदसम्म स्तन क्यान्सर हो वा होइन भन्ने पत्ता लगाउन सकिन्छ । पुरुषको स्तन सानो हुने भएकाले क्यान्सर पत्ता लगाउन मेमोग्राम गराउनुपर्दैन । सानो टिस्यु हुने भएकाले मेमोग्राम गरिँदैन । छामेर पत्ता लगाउन सकिन्छ । छाम्दा पत्ता लागेन भने मात्र मेमोग्राम गरिन्छ । पुरुषको हकमा अल्ट्रासाउन्ड गरेर पनि स्तन क्यान्सर पत्ता लागाउन सकिन्छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Advertisement

भर्खरको समाचार

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

सम्बन्धित समाचार

Scroll to Top