तीन महिनापछि सार्वजनिक कार्यक्रममा देखिए चिनियाँअर्बपति ज्याक मा

७ माघ, एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा झन्डै तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन् । गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन सक्ने आशंका गरिएका समाचार प्रकाशित भएका थिए।

ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाको महामारी सकिएपछि आफूहरू फेरि भेट्ने बताएका छन्। यो अवार्ड माकै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको छ। प्रविधि व्यापारमा आउनुअघि मा अंग्रेजी पढाउँथे।

Advertisement

कोरोना महामारीका बेला विभिन्न मुलुकमा स्वास्थ उपकरण र अन्य सामग्रीहरू दिँदै आएका मा आफ्ना गतिविधिबारे ट्वीटरमा अपडेट गरिरहन्थे।

अक्टोबर १० पछि भने उनले कुनै ट्वीट गरेका छैनन्।

Advertisement

पछिल्लो समय माले चिनियाँ कम्युनिष्ट पार्टीको सरकारका अधिकारीहरूको आलोचना गरेका थिए।

माको आन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ (इनिसियल पब्लिक अफरिङ) जारी गर्न लागेको थियो। सांघाई स्टक एक्सचेन्जमा अन्तिम समयमा आन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।

माले विवादास्पद अभिव्यक्ति दिएपछि बेइजिङले उनको कम्पनीविरूद्ध एन्टी मोनोपोली अनुसन्धान सुरू गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top