मलेशियाका अस्पतालमा नेपालीका ३५ शव, १८ वटा यो साता ल्याइने

६ माघ ७७, बुधबार

७ माघ, बीबीसी ।
कोरोनाभाइरस महामारीका कारण नियमित उडान नहुँदा वैदेशिक रोजगार गन्तव्य मलेशियामा मृत्यु भएका कैयौँ कामदारका शवहरू नेपाल ल्याउन कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

मलेशियास्थित नेपाली दूतावासका अनुसार हाल त्यहाँ ३५ जना नेपालीका शवहरू विभिन्न अस्पतालमा रहेका छन्।

ती शवहरू नेपाल ल्याउन सरकारलाई आग्रह गरिए अनुसार यसै साता नेपाल वायुसेवा निगमको जहाज मलेशिया जान लागेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

Advertisement

बोर्डले वैदेशिक रोजगारीमा निधन भएकाहरूको शव ल्याउने र परिवारसम्म पुर्‍याउने गर्छ। वैदेशिक रोजगारीमा रहेका नेपालीको धेरै मृत्यु हुने देशहरूमा मलेशिया पनि पर्छ।

कोरोनाभाइरससँग जुझ्न भन्दै मलेशियाले गत साता मात्र त्यहाँ सङ्कटकाल लगाएको छ। उक्त सङ्कटकाल आउँदो अगस्टसम्म रहने बताइएको छ।

Advertisement

शव किन थुप्रिए ?
कोभिड–१९ का कारण कामदारको आदानप्रदानमा कमी हुँदा र अन्य मानिसहरूको आवतजावतमा पनि कडाइ भएकाले मलेशिया र नेपालबीच हुने नियमित उडानहरू कम भएको अधिकारीहरू बताउँछन्।

त्यसले गर्दा अहिले भइरहेका उडानहरूमा पनि सबैजसो कम्पनीले साना जहाज मात्र उडाइरहेको मलेशियास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रतीक कार्कीले बताए।

उनले भने, कोभिडपछि नेपाल र मलेशियाबीच हुने हवाई उडानको सङ्ख्या कम भयो। अहिले मलेशियाबाट जाने उडानले पनि कार्गोभन्दा यात्रुलाई नै महत्त्व दिन्छन्। त्यसले गर्दा यहाँ शवको सङ्ख्या बढेको हो।

उनले त्यसलाई समाधान गर्न नेपाल वायुसेवा निगमको ठूलो वाइडबडी जहाज पठाइदिन आग्रह गरिएको बताए। त्यसै अनुरूप आगामी शुक्रवार निगमले जहाज मलेशिया पठाउने र शनिवार १८ वटा शवसहित यात्रु लिएर फर्कने खबर प्राप्त भएको उनले जानकारी दिए।

निगमका अधिकारीहरूले पनि त्यसबारे मलेशियालाई उडान अनुमतिका लागि प्रस्ताव पठाएको बताएका छन्। तर ठूलो जहाजबाट हुने एउटा उडानले मात्र नेपालीका सबै शव स्वदेश पठाउन नसकिने देखिएको कार्कीले जानकारी दिए।

उनले भने, हामीले सबै विमान कम्पनीलाई आग्रह गरेर एउटा–दुइटा शव त पठाइरहेका छौँ तर त्यसले मात्र सबै शव व्यवस्थापन हुन सक्ने अवस्था छैन। त्यसैले हामीले थप वाइडबडीको उडानका लागि पहल गरिरहेका छौँ।

वैदेशिक रोजगार बोर्डका श्रेष्ठका अनुसार कोभिडकै कारण अहिलेको समस्या उत्पन्न भएको हो। उनका अनुसार अहिले यात्रु नहुँदा नेपाल र मलेशियाबीच सातामा तीनवटा मात्र उडानहरू भइरहेको र सानो जहाजमा एउटा उडानमा एउटै मात्र शव ल्याउन सकिन्छ।

नेपालीको मृत्यु कति ?
अधिकारीहरूका अनुसार अहिले मलेशियामा विभिन्न कारणले निधन भएका नेपालीका शवहरू रहेका छन्।

त्यस्ता कारणमा दुर्घटना, हृदयाघात, विभिन्न रोग र आत्महत्यालगायत रहने गरेका छन्। कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएकाको भने शव नेपाल नल्याई उतै अन्तिम संस्कार गर्ने गरिएको श्रेष्ठ बताउँछन्।

बोर्डको तथ्याङ्क अनुसार गत वर्ष मलेशियामा १७६ जना नेपाली कामदारको निधन भएको थियो। त्यसमध्ये एकजना महिला थिइन् भने अरू सबै पुरुष थिए। गत वर्ष विभिन्न देशमा गरेर कुल ६५६ जना वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको निधन भएको बोर्डको तथ्याङ्क छ।

मलेशियामा कार्यस्थलको अवस्था

मलेशियामा वैधानिक कागजात भएका र नभएका गरी करिब पाँच लाख नेपाली कामदारहरू रहेको बताइने गरेको छ।

कतिपय नेपाली कामदारहरू खराब अवस्थामा त्यहाँ कार्यरत रहेको विवरण पनि बेलाबेला सार्वजनिक हुने गरेको छ। केही महिनाअघि मात्र विश्वकै ठूलो र चर्चितमध्येको एउटा पन्जा कम्पनीमा कामदारको शोषण गरिएको भन्ने विवरणहरू सार्वजनिक भएका थिए।

उक्त कम्पनीमा सयौँ नेपाली कामदारहरू कार्यरत रहेका थिए। त्यहाँ कार्यरत सयौँ कामदारमा एकैपटक कोभिड–१९ भएपछि उक्त कम्पनी केही समयका लागि बन्द भएको थियो भने कामदारलाई दिइएको सुविधालाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रश्न उठाएका थिए।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top