पिएम कप क्रिकेटमा प्रदेश १ को यात्रा समाप्त

७ माघ, काठमाडौंँ ।
विभागीय टोलीद्वय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् । मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो ।

आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दा सम्पन्न सबै तीन खेलमा प्रदेश–१ ले नतिजा सुम्पिएको छ । पुलिसले जारी प्रतियोगितामा लगातार पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ । टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो ।

आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भिम सार्कीले २९, राजेश पुलामी२४ रनमा नट आउट रहे । लोकेश बमले १३ रन बनाए । प्रदेश–१ का फिर्दोस अन्सारी,ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १÷१ विकेट लिए । यस अघि पहिलो ब्याटिङ गरेको प्रदेश–१ ले ४०.१ ओरभमा सबै विकेट गुमाएर मत्र १ सय ३१ रन जोड्न सक्यो । प्रदेश–१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९, दिपेश कँडेलले ११ रनको योगदान गरे । बलिङमा आर्मीका शाहब आलमले ४ विकेट हात पार्दा आकाश चन्दको नाममा ३ विकेट रह्यो ।

जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ । समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यस अघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो । समूह ‘ए’ मा रहेको प्रदेश–१ यस अघि एपिएफ र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यो सँगै प्रदेश–१ को नकआउट चरण यात्रा समाप्त भएको छ ।

दिनको अर्को खेलमा पुलिसलाई पहिलो जिताउनका लागि सुनिल धमला र कुशल भुर्तेलले अर्धसतकिय इनिङ्स खेले । धमलाले ५३ रन जोड्दा कुशल भुर्तेल ५१ रन नटआउट रहे । सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए ।अमित श्रेष्ठ १ रनमा अविजित रहे ।सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा सबै विकेट गुमाएर १ सय १० रन जोडेको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे ।अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रनको व्यक्तिगत स्कोर बनाए । सुदूरपश्चिमको इनिङ्सलाई न्युन स्केरमा रोक्न पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४÷४ विकेट लिए ।

दुई खेलबाट पहिलो जित निकालेको पुलिसको २ खेलमा तालिकामा २ अंक भएको छ । समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बाग्मती प्रदेशसँग पराजित भएको थियो । सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो ।सुदूरपश्चिम पनि पहिलो खेलमा बागमतीसँग नै पराजित भएको थियो । लगातार पराजय भोगको सुदूरपश्चिमको अघिल्लो चरणको यात्रा कठिन भएको छ । आगमी खेलमा अघिल्लो चरण प्रवेशका लागि जित्ने पर्ने दबाब भएको छ । प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशसँग प्रतिस्र्धा गर्दा मूलपानी मैदानमा एपिएफ क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top