प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा

७ माघ, काठमाडौँ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनको सुनुवाइ हेर्दाहेर्दै बिहीबारका लागि तय गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले रिट निवेदक तर्फका कानुन व्यवसायीहरूको बहस जारी रहेकाले अर्को सुनवुवाई हेर्दाहेर्दैमा बिहीबारका लागि तोकेको हो ।

Advertisement

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि जारी विषय केन्द्रित बहसमा आज चौथो दिन रिट निवेदक तर्फबाटै छ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, डा.चन्द्रकान्त ज्ञवाली, अधिवक्ता अनिता जोशी मानन्धर लगायतले संविधानमा भएको व्यवस्थालाई ध्यान राखेर न्याय निरूपण गर्नुपर्ने बहस गरे।

Advertisement

रिट निवेदनमाथिको बहस लम्बिने देखिएपछि संवैधानिक इजलासले कानुन व्यवसायीहरूका लागि आजदेखि समय निर्धारण समेत गरिदिएको छ ।

आजको सुनुवाइ प्रारम्भ हुनुअघि प्रधानन्यायाधीश जबराले सुनुवाइमा सहभागी कानुन व्यवसायीलाई बहसको समय आधा घण्टा निर्धारण गरेका थिए ।

संवैधानिक इजलासमा भइरहेको बहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्ने विषयले वैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाइ भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top